Home / Feature Breaking news / नदि वारपार गर्न डुङगाको सहायता

नदि वारपार गर्न डुङगाको सहायता

जीबन न्यौपाने
बबई , १५ असोज । बबई गाउँपालिका ७ मा पर्ने कोर्बाङदेखि ढोलपुर जोड्ने स्थानमा बबई नदी माथि पुल नहुदा बर्षौ देखि डुङगाको सहायताले जोखीम पूर्ण तरीकाले नदी वारपार गर्न बाध्यता यहाँका स्थानीयमा छ ।

स्थानिय बासिन्दा तथा बबई गाउँपालिका वडा नं १ र ७ तथा दंगीशरण गाउपालिका वडान ं१ का मानिसहरु सोहिबाटो भएर दैनिक आवतजावत गर्ने गर्छन । खेतबारिमा कान गर्न जान बालबालिकालाई बिद्यालय पठाउन र अन्य कामको लागि गाउँपालिका वडा कार्यालय तथा बजारतिर जानको लागि समेत नदीपारिका मानिसहरुलाई नदि तर्नैपर्ने हुन्छ ।

नदीमा पानिको सतह उच्च भएको समयमा त झन डुङगा पनि नचल्नेहुदा झनै समस्या हुने गरेको स्थानिय बासीन्दाहरुले बताएका छन् । खेतबारी खोलापारी भएकोहुदा पानी नपर्दा खेतबारी सुख्खा भएर खेति गर्न समस्या हुने र पानी पर्दा खोलामा बाढि आएर नदि तर्न नसकि खेतिपाति प्रभाबित हुने गरेको स्थानिय बासिन्दा कुसल डाँगीले बताए । बजारबाट कुनैकाम बिषेशले घर फर्किन अलि ढिला भएमा डुङगा नपाईने र खोला तर्न नपाएकै कारण उतैतिर बासबस्नु पर्नै मलैखोलाका प्रेम पुनले बताए ।

यसरि डुङगाबाट नदि पारगर्न पानीको सतहको आधारमा पैदलयात्रीले एक पटकको १० देखि ५० सम्म तिर्नु पर्दछ भने नियमित वारपार गर्नुपर्ने स्थानिय बासिन्दाहरुले सिजनभरिको लागि एकमुस्ट तिर्नुपछ । पुलनिर्माण काम भने भईरहेको छ । समयमै पुल नबन्दा समस्या भएको स्थानीयहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*