Home / समाचार / ज्योतिपुञ्ज र दीपशीखामा सचेतना कार्यक्रम

ज्योतिपुञ्ज र दीपशीखामा सचेतना कार्यक्रम

घोराही, १३ असोज

सामुदायिक प्रहरी सेवा केन्द्र दाङले सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ । विद्यालयहरुमा ट्राफिक सचेतना, लैंगीक हिंसा, बलात्कार विरुद्धमा सचेतना कार्यक्रमहरु आयोजना गरिरहेको छ । जस अन्तरगत शुक्रवार घोराही क्षेत्रका दुई वटा विद्यालयहरुमा सचेतना कार्यक्रम भएको छ ।

ज्योतिपुञ्ज मावि घोराहीमा ट्राफिक सचेतना कार्यक्रम भएको छ । केन्द्रको आयोजनामा भएको कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलीयाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक विवेक महराले ट्राफिक नियमबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल बुद्धिराज अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेले गरेका थिए ।

IMG_3397

यस्तै सामुदायिक प्रहरी सेवा केन्द्रेको आयोजनामा शुक्रवार नै दीपशीखा माविमा पनि सचेतना कार्यक्रम भएको छ । दिपशीखामा लैंगीक हिंसाका विषयमा सचेतना कार्यक्रम भएको थियो ।

त्यस अवसरमा जबरजस्ती करणी लगायतका विषयमा पनि जानकारी गराईएको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदले लैंगीक हिंसा र जबरजस्ती करणीका विरुद्धमा सचेतनामूलक प्रशीक्षण दिनुभएको थियो ।

केन्द्रका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षतामा एवं विद्यालयका प्रिन्सीपल शोभाकान्त अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।

केन्द्रका सचिव आर.के.शीतलले कार्यक्रमबारे जानकारी गराउनुभएको कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रीन्सीपल धनबहादुर विसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*