Home / समाचार / अझै वडा कार्यालय भाडामा

अझै वडा कार्यालय भाडामा

अमरराज आचार्य
दाङ, १३ असोज । घोराही उप महानगरपालिका अधिकास वडा कार्यालय अझै भाडाको भवनमा छन् । वडा कार्यालय भाँडामा लिएर कार्यालय सञ्चालन गर्दा सेवामा पनि समस्या र आर्थिक भार समेत छ ।

वडा न ३ का वडा अध्यक्ष माधव चौधरीले वडा कार्यालय सञ्चालनको लागि ३ वटा कोठाहरु भाँडामा लिएको बताए । ३ वटा कोठा मात्र हुदा काम गर्ने समेत समस्या भएको उनी बताउछन । ‘एउटा कोठामा सामान राख्नै ठिक्क भएको छ । २ वटा कोठा वाट काम गर्नु पर्ने वाध्यताछ’ उनले भने । ‘वडा कार्यालयमा आउने सेवाग्राहीलाई बसाउने ठाँउ छैन, उभाएर नै सेवा दिनु पर्ने अवस्था छ’ अध्यक्ष चौधरीले भने । उनका अुनसार वैठक वस्न समेत समस्या छ ।

कार्यालय सञ्चालनका लागि कम्तीमा ४ वटा कोठा तथा हल कोठा समेत आवस्यक पर्ने उनले बताए । सहज रुपमा सेवा दिनका लागि आफनो कार्यालय आवस्यक भएपनि त्यो अझै पुरा हुन सकेको छैन । उनले चालु आर्थिक वर्षमा वडा कार्यालय निर्माण सुरु हुने बताए । आफनै वडा कार्यालय नहुदा प्राविधिक समस्या देखा पर्ने गरेको वडा नं १३ का अध्यक्ष रविलाल घर्तिले बताए । वडा न १३ ले ५ वटा कोठा भाँडा लिएर सञ्चालन गदै आएको छ । ‘समस्या भए पनि आफनो भवन भएको जस्तो हुदैन’ अध्यक्ष घर्तिले भने ।

वडा कार्यालयको आफनै भवन भएमा काममा सहज हुने उनको भनाइ छ । वडा कार्यालयले हाल ५ वटा कोठा भाँडामा लिएको मार्फत मासिक १२ हजार तिदै आएको छ । वडा कार्यालयहरु भाँडामा सञ्चालन गर्दा आर्थिक रुपमा धेरै खर्च हुने गरेको छ । आफनो भवन नहुदा अहिले उप महानगरपालिकाका ९ वटा वडा कार्यालयहरु भाडामा छन् । स्थानिय तहको निर्वाचन भएर जन प्रतिनिधिहरु आएको लामो समय भए पनि सवै वडा कार्यालयहरुको भवन निर्माण हुन सकेका छैनन् ।

उप महानगरपालिकाका १९ वटा वडा मध्ये १० वटा वडा कार्यालयहरुले मात्रै आफनै भवनवाट सेवा दिने गरेका छन् भने ९ वटा वडा कार्यालयले भाँडामा लिएर कार्यालय सञ्चालन गरेको घोराही उप महानगरपालिकाका सुचना अधिकारी भिमवहादुर चौधरीले बताए ।आफनै भवन भएका वडा कार्यालयहरु पनि साविकका गाविस कार्यालयहरुमा रहेका छन् ।

सुचना अधिकारी चौधरीका अनुसार उप महानगरपालिकाका वडा नं १, ३, ७, ८, १०, ११, १३, १६, १७, वडा कार्यालयहरु हाल सम्म भाँडामा छन् । वडा नं ७, ८, १०, ११, १६ र १७ वडा कार्यालयहरु आउदो कार्तिक महिना देखि आफनै कार्यालय वाट सेवा दिने छन् । भवन निर्माणको काम अन्तीम चरण पुगेको सुचना अधिकारी चौधरीले बताए ।
चालु आर्थिक वर्षमा १,३, १३ र १९ वडा कार्यालयहरुको भवन निर्माणको कार्य सुरु गरीने छ । वडा नं १९ वडा साविकको सैघा गाविसको पुरानो भवन रहेकाले नया भवन निर्माण गरीनु पर्ने आवस्यक रहेको सुचना अधिकारी चौधरीले बताए ।

उप महानगरपालिकाले सवै वडा कार्यालयहरुको आफनै भवन निर्माणका क्रमश वडा कार्यालयहरु निर्माण गदै गएको जनाएको छ । सवै वडा कार्यालयहरुको भवनहरु एकै पटक निर्माण गर्ने आर्थिक रुपमा समस्या हुने भएकाले प्राथमिकताका आधारमा भवन निर्माण कार्य अगाडि वढाइएको उप महानगरपालिका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*