Home / Feature Breaking news / पर्यटकको केन्द्र बन्दै जखेरा ताल

पर्यटकको केन्द्र बन्दै जखेरा ताल

देउखुरी । देउखुरीको पूव–पश्चिम राजमार्ग नजिकै रहेको रमणीय स्थल हो जखेरा ताल । जखेरा ताल पछिल्लो समय देउखुरीको प्रमुख पर्यटक केन्द्रका रुपमा चिनिन थालेको छ । तालममा घुम्न तथा पिकनिक खान आउने मानिसहरु समेत बढ्दै गएका छन । ताल व्यवस्थापन समितिका अध्यक्ष बिषराम चौधरीका अनुसार मासिक रुपमा २५ सयसम्म पर्यटक ताल घुम्न तथा पिकनिक खानका लागि आउने गरेका छन ।

तालको पछिल्लो सयममा व्यापक प्रचार प्रचार भएकाले पछिल्लो समय पर्यटकको सख्यामा वृद्धि भएको चौधरीले वताए । पहाडै पहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट अवलोकन गर्न यहाँ मानिसहरु आउने अध्यक्ष चौधरीले बताए । दैनिक जसौ भिडभाड हुने सो स्थानमा सनिवार एवं सार्वजानिक विदाको दिन वढी भिड भाड लाग्ने गरकोे छ । केही अवलोकनका लागि आउन त केही वनभोज , विवाह , पार्टीका लागि समेत आउने गरेका छन् ।

लमही नगरपालिका वडा नम्वर ३ स्थित लमही वजारदेखि झण्डै ४ किलोमिटर पूर्व राजगर्मा देखि उत्तरी भेगमा रहेको उक्त ताल दाङकै एक प्रसिद्ध पर्यटकीय स्थल हो । सात बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा गणेश, त्रिसिद्धेश्वरी महादेव, कालिका र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ । तलाउमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा र चराचुरुङ्गीको आवाजले गर्दा यहाँ पुग्ने पर्यटकलाई थप लोभ्याउने गरेको छ । वन भोजका लागि उपयुक्त यहाँको तालमा माछापालन शुरु गरिएको छ । माछापालन आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*