Home / मनोरञ्जन / तिम्रो घरको आँगनीमा सागर

तिम्रो घरको आँगनीमा सागर

अमिता चौधरी
दाङ,१० असोज । गायक सागर भण्डारी मोडलिङका रुपमा आएका छन । ‘तिम्रो घरको आँगनीमा….’ बोलको गीतमाफर्त उनी म्युजिक भिडियोमा देखिएका हुन ।

गायक रमेश गिरीको स्वर र संगीतमा रहेको उक्त गीतमा भण्डारीले मोडलिङ गरेका हुन । म्युजिक भिडियोमा उनलाई सम्पदा बानियाले साथ दिएकी छिन । म्युजिक भिडियोको पोखरा र काठमाण्डौंलगायतका विभिन्न स्थानमा सुटिङ गरिएको छ । म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन ।

दाङ घोराहीका भण्डारी पेसाले व्यवसायी रहेपनि पछिल्लो समय मोडलिङमा समेत जम्न थालेका छन । यसअघि ‘माया गर्छेउ भन्यौ सानु…..’ बोलको गीतमा पनि अभिनय गरेको भण्डारी बताउछन । भण्डारीको स्वरमा करिव आधा दर्जन गीतहरु रहेका छन ।

म्युजिक भिडियो हेर्नका लागी यो लिङ्क किलीक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*