Home / Feature Breaking news / स्कुल बस मोतिपुरमा दुर्घटना २४ जना घाइते

स्कुल बस मोतिपुरमा दुर्घटना २४ जना घाइते

दाङ,८ असोज । घोराही–तुलसीपुर सडक खण्डको मोतिपुरमा सोमवार बस दुर्घटना भएको छ । तुलसीपुरमा रहेको गोर्खा बोर्डिङ स्कुलको रा १ त १९९ नम्बरको बस तुलसीपुरबाट बिजौरीतिर आउने क्रममा ४ः४५ बजे तुलसीपुर उपमहानरपालिका वडा नं. ६ मोतिपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बस चालक तिलकबहादुर डिसीसहित २४ जना घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बताए । सापकोटाका अनुसार दुर्घटनामा गाडी चालक, २ जना शिक्षक र २१ जना विद्यार्थीहरु घाईते भएका छन । घाइते विद्यार्थीहरुको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार गम्भीर घाइते चालक डिसीसहित विद्यार्थीहरु दिपेश केसी, बिकम पोख्रेल र इश्वर खड्कालाई नेपालगंज रिफर गरिएको छ । घाइते विद्यार्थी सविना वली, प्रिन्स बुढाथोकी, ललिता बिसी र निकासा गौतमलाई घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

‘स्कूलको पढाई सकेर विद्यार्थी घर लग्दै गरेको बस दुर्घटनामा परेको हो’,इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सापकोटाले भने,‘दुर्घटनामा चालक बाहेक अरुको अवस्था सामान्य रहेको छ ।’ २०७३ सालमा सोतामा आएको बाढिले कल्भर्ट बगाएको थियो । कल्र्भट बगाएको दुई बर्ष वितिसक्दा समेत उक्त स्थानमा कल्र्भट नबन्दा घोराही–तुलसीपुर सडक खण्डमा जोखिमपुर्ण हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*