Home / Feature Breaking news / मानसिक बिरामीलाई परिवारमा पुनःस्थापना गर्न चाहन्छौः लम्साल

मानसिक बिरामीलाई परिवारमा पुनःस्थापना गर्न चाहन्छौः लम्साल

मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवास निर्माण र उपचारमा सहयोगार्थ जुटाउन घोराहीमा सोमवारदेखि धार्मिक महायज्ञ शुरुवातभएको छ । सडकलाई मानसिक विरामी रहित सडक निर्माणको उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । प्रेरणाकालागि अभियान नेपालदाङले घोराहीउपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गरिरहेको आवास निर्माणको लागि सिद्धि विनायक सत्संग सेवा समिति नेपालदाङको आयोजनामा ‘श्रीराम कथा धन धान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को आयोजना गरिएको हो । धार्मिक महायज्ञ लगाउनुभएको उद्देश्यसँगै भवन निर्माणको अवस्थाको बारेमा प्रेरणाका लागि अभियान दाङका संयोजक श्रीधरकुमार लम्सालसंग पत्रकार अमरराजआचार्यले गरेको कुराकानीको सार संक्षेप ।
कुराकानीमा तपाईलाई स्वागत छ ?

धन्यवाद यहाँ र यहाँको राप्ती सन्देश अनलाइन पत्रिका परिवारलाई , यो विचार राख्ने अवसर दिएकोमा ।

धार्मिक महायज्ञ लगाउनु भएको छ ? यो किन लगाउनभएको हो ?

प्रेरणाका लागि अभियान नेपाल दाङले मानसिक सन्तुलन गुमाएका विरामीहरु वस्नका लागि भवन निर्माणका लागि सहयोग जुटाउनका लागि यस प्रकारको महायज्ञ सुरु गरेका हौ । यसवाट उठेको रकम हामीले मानसिक रोगीहरु राख्नका लागि भवन,खाना, अन्यआवश्यक सामाग्रीको व्यवस्थापनमा खर्च गरिने छ । २०७६ सालदेखि मानसिक रोगीहरुलाई राखेर उपचार गर्ने सेवागर्ने लक्ष्य लिएका छौँ । जसले जे सक्छौ त्यही सहयोग गरौ भन्ने मानव सेवाको लागियो धार्मिक महायज्ञ भएको हो ।

किनयसो गर्नु पर्दछ भन्ने मनमा लाग्यो?

मानव सेवा गर्ने उदेश्यले यस प्रकारको कार्यकालागेको छु । अरुले गरेको भन्दा फरक तरिकाले समाज सेवागर्ने उदेश्यले यस प्रकारको कार्यलाई अगाडि बढाएको हु । यस क्षेत्रमा मानसिक रोगीको उपचार गर्ने स्थान नभएकाले नयाँ काम गर्नु पर्छ भनेर यो कार्यमा लागेको छु । सवै क्षेत्रको सहयोग भएमा यो कार्यमा सहयोग मिल्नेमा म पुर्ण विश्वस्त छु । पैसा मात्रकमाउने मात्रै नभइ समाज सेवा पनि गर्नु पर्दछ भन्ने सोचका साथम मानसिक रोगीहरुको सेवागर्ने तर्फ अगाडि वढेको छु । समाजमा मानसिक रोगीलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक छैन ।

त्यो परिवर्तन गर्न आवश्यक छ । मानसिक रोगी तपाइ हाम्रा आमा, बुबा, दाजु भाइ तथा दिदीबहिनी हुन । त्यसकारण अव उनिहरुलाई समाजले हेर्ने जुन दृष्टिकोण छ, त्यसलाई परिवर्तन ल्याउन आवश्यक छ । मानसिक रोगीको पनिउपचार गरेर पछि सन्चो हुन्छ भनेर वुझाउन आवश्यक छ । विरामीलाई घृणा नभइमाया गरीनु पर्दछ । मानवलाई मानवको नै व्यवहार गर्न आवश्यक छ ।

श्रीरामकथा घन धान्याञ्चल ज्ञान महायज्ञमा कति रकम उठन अनुमान गर्नु भएको छ ?

हामीले यस श्री रामकथा घन धान्याञ्चल ज्ञान महायज्ञवाट १ करोड रकमउठाउने लक्ष्यलिएका छौ । यसमा सवैको सहयोगले हामीले लक्ष्यपुरा हुने अपेक्षा लिएका छौ । सवैले राम्रो कामगर्ने थालेको भन्दै यस अभियानमा सहयोग समेत गदै आउनु भएको छ । त्यसकारण यो सवैको साझा विषयहो । यो विषयमा सवै क्षेत्रको सहयोगको आवश्यकता छ । त्यो हामीले प्राप्तगर्दैआएका छौ ।

महायज्ञको आकर्षण के के रहेका छन ?

श्री रामकथा घन धान्याञ्चलनवाहा ज्ञान महायज्ञको आकर्षका रुपमा १ सय ८ किलोको लडडु प्रर्दशन, १ हजार ८ सालिग्राम परिक्रमा १ सय ८ कन्यापुजा, १ करोड दीप प्रज्वलन गरीनेछ । कथा वाचकमा पण्डित कोमल उपाध्याय रहनु भएको छ । यस श्री रामकथा घन धान्याञ्चल नवाहा ज्ञान महायज्ञको मुख्य आकर्षण रहेको छ । त्यसैगरेर अन्यकाम समेत हुने गरेको छ ।

कहिलेसम्म मानसिक रोगीहरुका लागि भवन निर्माण गरी उनीहरुलाई राख्ने लक्ष्यलिनु भएको छ ?

प्रेरणाका लागिअभियान नेपाल दाङले २०७६ साल बैशाख महिनादेखि मानसिक रोगीहरुलाई राखेर उपचार गर्ने लक्ष्य राखेका छौ । हामी त्यस लक्ष्यमा सफल हुने अपेक्षा समेत लिएका छौ । त्यसका लागि हामीले काम समेत त्यसै अनुसार काम गरी राखेका छौ । भवनको निर्माण काम भैराखेको छ । भवनको निर्माण सकिएसंगै भित्र व्यवस्थापन पनि बैशाखसम्म सकेर सञ्चालनमा ल्याइने छ । भवन निर्माण सम्पन्न तथा अन्यआवश्यक सामाग्रीहरुका लागि हामीलाई करिव १ करोड रकम आवश्यक पर्ने छ ।

यस अभियानका साथ सहयोग कति पाउनु भएको छ ?

यस प्रकारको अभियान मैले व्यक्तिगत रुपमा सुरु गरेको थिए । राम्रो कामभएकाले यस अभियानमा सहयोग गर्नेहरु पनि थपिदै जानु भएको छ । समाज सेवागर्ने उदेश्यले अगाडि वढेकाले सवैको सहयोग रहनेछ । मानसिक रोगीको उपचारका लागि हेल्थ फाउण्डेसन नेपाल अमेरिकावाट प्रतिवद्धता जनाउनु भएको छ । उहाँहरुले विरामीको उपचारको व्यवस्थामिलाउने प्रतिवद्धता जनाउनु भएको छ ।

हामीले विरामीहरुको वस्न, खानको व्यवस्था र प्रशासनिक चलाउनु पर्ने छ । यस अभियानमा सरकारी नियकायवाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । स्थानिय सरकार, प्रदेश सरकारवाट समेत सहयोगको प्रतिवद्धता आएको छ । त्यसै गरेर विभिन्नसामाजिक संघ संस्थाहरु तथा व्यक्तिहरुवाट समेत समेत सहयोग हुदै आएको छ । सम्रगमा भन्नु पर्दा यो नयाँ काम भएकोले सहयोग पनि भैराखेको छ ।

तपाई व्यवसाय गरेर बस्नु भएको छ । अव मानसिक रोगीको सेवामा लाग्नथाल्नु भएको छ घरपरिवारको सहयोग कस्तो छ ?

हो, म व्यवसाय सञ्चालन गरेर वसेको थिए । मलाई मानसिक रोगीको उपचार गर्ने मनमा इच्छा जागेर यसतर्फ लागेको छु । घर परिवारको पनि सहयोग रहेको छ । मैले सुरु गरेको व्यवसाय घरपरिवारले हेर्नुभएको छ । म मानसिक रोगीको सेवामा लागेपछि आफुलाई खर्च समेत घरवाट वढाइदिने समेत प्रतिवद्धता जनाउनु भएको छ । यसले मलाई समाज सेवागर्ने थप प्रेरणा मिलेको छ ।

मानसिक रोगीको सेवा गर्ने कतिको समस्या देखनु भएको छ ?

मैले मानसिक रोगीको सेवागर्ने कुनै समस्या देखेको छैन । मानिसको भित्री इच्छा भएमा सवै समस्या समाधान गरी अगाडि वढन सक्छ । मानसिक रोगीलाई पनिसंरक्षण गर्नु पर्छ । उनीहरुलाई मानविय व्यवहार गरिनु पर्छ । मैले अहिले पनि मानसिक रोगीहरुसंग वसेर कुराकानी गदै आएको छु । कुराकानी गर्दा मैले तिमीहरुलाई केही समय पछि वस्ने व्यवस्था मिलाउने छु भनेर भन्ने गरेको छु । उनीहरुलाई खानादिदै आएको छु ।

के मानसिक रोगी निको होला जस्तो लाग्छ तपाइलाई ?

अवश्य पनि मानसिक रोगी पनि अन्य विरामी जस्तै सन्चो भएर घरपरिवारमा फर्केन सक्छन् । त्यसका लागि उनीहरुको उपचार हुनु पर्छ । मेरो विचारमाधेरै मानसिक रोगीका विरामीहरु सन्चो हुन्छ ।

उनीहरुको घर परिवार तथा आर्थिक कारण मानसिक रोगी भएको हुन सक्दछन् । हामीले पनि सडकमा भौतारीएका मानसिक रोगिहरुलाई ल्याएर उपचार गरेर सन्चो वनाएर परिवारमा पुनस्थापित गर्न सफल हुने अपेक्षा लिएका छौ । उपचार पछि सन्चो भएर परिवारमा पुनःस्थापित भएमा मानसिक रोगिहरुलाई समाजले हेर्ने दृष्टि कोणमा समेत परिवर्तन आउने छ ।

अन्त्यमाके भन्नु छ कि ?

सडकमा भौतारिएका व्यक्तिहरुलाई ल्याएर उपचार गरेर परिवारमापुन स्थापनागर्ने उदेश्यका साथ थालिएको अभियानमा सवैको साथ र सहयोग रहने छ । सवैको सहयोगले नै मानसिक रोगीहरुको उपचार तथा व्यवस्था गर्नका सहयोग मिल्ने छ । हामीजसले जे सक्छौ त्यही गरौ सहयोग गरौ मानव सेवाको सेवा गरौ । समाज सेवागर्ने सक्नेले सहयोग गरौ नसक्नेले धन्वावाद दिएर भएपनि अगाडि वढौ । हामीले पैसा मात्र कमाएर हुदैन समाज सेवा पनि गर्नु पर्छ ।

यस प्रकारको उपचार दिएर जिल्लालाई देश तथा विदेशमा चिनाउन समेत सकिने छ । जिल्लाकाकुनै पनि सडकमा मानसिक रोगीहरु नदेखिने वातावरणको सृजना गरौ । त्यसकारण यो अभियानमा सहयोग गर्न सवैलाई यो पत्रिकामार्फत आग्रह गर्छु । नयाँ काम भएकोले पनि चुनौती पक्कै छ । तर सवै क्षेत्रको सहयोग भएमा यो कार्यमा सफलता मिल्ने छ । त्यसमा हामी विश्वस्त छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*