Home / Feature Breaking news / ब्लड क्यान्सर पिडीत दाङका युवा टीकारामले अस्पतालको शैयाबाटै आमालाई लेखे मार्मीक चिठ्ठी (पढ्नुहोस्)

ब्लड क्यान्सर पिडीत दाङका युवा टीकारामले अस्पतालको शैयाबाटै आमालाई लेखे मार्मीक चिठ्ठी (पढ्नुहोस्)

दाङ, ५ असोज ।

घोराही उपमहानगरपालिका १२ का २१ बर्षिया टिकाराम भण्डारी पेसाले विद्यार्थी हुन । एसइइमा प्रथम श्रेणीमा पास भएका भण्डारीको सानैदेखिको रुचि होटेल व्यवसायी बन्ने थियो । दाङमै प्लस टु सकेर काठमान्डौमा होटल म्यानेजम्यान्ट पढदै गरेका उनी एक्कासी विरामी परे । विरामी भएपछि धेरै ठाउँमा उपचार गराए । र अन्त्यमा लखनउका डक्टरले व्लड क्यान्सर भएको पृष्ठी गरे । ब्लड क्यान्सरका विरामी उनको अहिले चितवन स्थीत वीपी कोइरला क्यान्सर अस्पतालमा उपचार भैरहको छ । उनै टिकारामले आमालाई अस्पतालको शैयाबाट चिठी लेखेका छन ।

उनले लेखेको चिट्ठी यस्तो छ ।
संसार अनौठो छ । संसारका हरेक व्यक्तिले आफनो जीवन सुखमय होस भन्ने चाहान्छन । जीवनमा खुसी, सुखी हुनका लागि मिहिनेत गरेता पनि आफुले चाहेको खुसी हासिल गर्न सकिएन भने धेरै दुःख लाग्दो रहेछ । मानिसको जीवनमा सधै भरी सुखीको दिन मात्र आउने रहेनछ । त्यस सँगसगै काहाली लाग्दो रात पनि पछि पछि आइरहको हुदौ रहेछ । मानिस भन्छन । दैवले मेरो जीवमा सधै रुने मात्र लेखि दिएको थिए होला, त्यसले मेरो आमा खुसीको आसु होइन ।

दुखको आँसु मात्र आउछ । जीवनमा मानिसले धेरै सपना साँचेर अगाडी बढेका हुन्छन । म पनि मेरा सपना साँचेर अगाडी उन्नती गर्ने आशा थियो तर मेरा ती सपना पुरा हुदैनन होला सायद । म मेरा बुवाआमो कोखबाट जन्म त लिए तर आमाबुवाको त्यो मुहारमा उहाँले चाहेको खुसि ल्याउन नसक्ने अवस्थामा छु आमा तपाईले मलाई जन्म दिनु भयो त्यो प्यारो न्यानो काखमा हुर्काउनुभयो ।

आफले खाइनखाई, मलाई मेरो सबै खुसी मेरो काधमा ल्याई राखिदिनुभयो । तर आमा म अभागी छोराको तपाईका ती अधुरा सपना पुरा गर्न सक्दैन होला । हाम्रा मेरो ठुलो सपना थियो की काठमान्डौमा ठुलो होटल खोलेर बस्ने, मेरी आमालाई तिम्रो छोरा खै भन्दा काठमान्डौमा होटल खोलेर बस्छ भन्दाको त्यो गर्भको खुसीको हाँसो मेरी आमाको मुहारमा ल्याउने सपना पुरा हुदैन होला ।

आमा, तर दैबले त्यो खुसी सबैको आमाको मुहारमा ल्याउन सबैको छोरालाई त्यो खुसी कहाँ हुदोरहेछन र । म मेरी आमाको कोखबाट जन्म लिइ । उहाँले मलाई हुर्काउनु भयो तर आमा मैले हजुरको दुश धारा खुधको ऋण तिर्न सक्दैन होला ।
आमा । आज मलाई व्लड क्यान्सर भएर भरतपुर चितवन विपि कोइरला क्यान्सर अस्पतालमा जीवन र मृत्युको मुखमा उपचारको अभावले तड्पिरहको छु ।
मेरो घरको आर्थिक अवस्थाले साथ नदिएकाले मेरो उपचार गर्न सहज भएको छैन । आमा हजुरले मेरो उपचार गर्नका लािग कयौ ठाउँमा भौतारी हुन्थ्यो । घर देखि पनि धेरै प्रयास गर्नुभयो । कयौ, लाखौ र्च भए पनि मेरो रोगको उपचार नभएकोले आज यो छोरालाई हजुरहरुले गुमाउनु पर्ने अवस्था आएको छ ।

आमा । अरुका सधै छोरा कोही बाहिर देश गएर सपना पुरा गरेका होलान । कोही, दुख सुख गरेर आमा बुवालाई खुसी राखेका होला तर आमा म खुसी कसरी मुहारमा ल्याउ । मेरो वुवाले पनि जीवनमा धेरै संर्घष गर्नुभयो । आफुले बरु फाटेको कपडा लगाएर पनि मेरो छोरालाई केही चिजको अभाव नहोस भनि मेरा सबै आवश्यकता पुरा गर्नुभयो तर म अजुरहरुको त्यो मायाममताको फल कसरी देउ अव ।

आमा बुवाको अहिले त उमेर छ तर यदि मेरो उपचार भएर पनि म निको भएन भने मेरो बुवाआमा बुढेशकालमा सन्तोेषको हासो होइन, छोरा गुमाउनुको विछोडको पीडा सहेर बाच्नु पर्ने भयो । आमा म यदि यो उपचार नभएर यो सुन्दर सांर छाडेर गए भने घरको दैलोमा बसेर नरुनु होला । मेरो फुलमाला लगाएर सजाएको तस्विर हेरेर नरुनु होला । मैले राखेका ती दराजका कपडा पकडेर नरुनु होला ।

आमा हजुरको छोराले आँसु पुछ्न त्यो समयमा पाउने छैन । सायद म त त्यो समयमा त्यो सुन्दर स्वर्गमा बास लिइ हजुरलाई हेरिरहेको हुन्छु होला । आमा सानोमा चिसो विस्तारा भयो भने आमा तपाई त्यो चिसो विस्तारामा सुति मलाई आफु सुतेको ठाउँमा सुताएको त्यो माया म कसरी भुलु ।

आमा, आमा म यदि यो संसार यदी छाडेर गए भने बुवालाई बुढेस कालमा कहिल्यै एक्लो नपार्नु होला । आमा मैले दोेर्ण भण्डारी वर पुनीकला भण्डारीको छोराले जीवनमा पगति गरेछ भन्ने त्यो गर्व गर्ने लाएक त्यो पसस्थाको आवास मैले त्यो गाउँ समाजबाट ल्याउन सक्दैन होला ।

आमा । आमा म यो जुनीमा तिमो रोगी छोरो भएर जन्मे तर आमा अर्को जुनीमा म तिमो निरोगी छोरो भइ जन्मी तिमो मुहारमा कुनै अस्पतालमा बसेर होइन । घरको त्योे दैलोमा बसेर तिमो हाशु पुछन पर्ने त्यो निरोगी छोरो भएर जन्मिनेछु ।
आमा । आमा पत्र लेख्ने तर धेरै मन थियो तर हात काप्न थाल्यो । चक्कर लाग्न थाल्यो । खोकि लाग्न थाल्यो । आमा शरिरले साथ नदिएकाले यो अन्तिम कलम बन्द गर्न गइरहेको छु ।

उही तिमो रोगी छोरो

टिकाराम भण्डारी

आफुहरुको आर्थिक अवस्था निकै नाजुकको भएको हुदा आमा पुनिकलाले सहयोगको लागि सबैमा याचना समेत गर्नुभएको छ । सहयोगको लागि कृषि विकास बैंकको खाता नम्वर ०९१९५०१२९३७९१०१० मा रकम जम्मा गरेर वा पुनिकलाको फोन नम्वर ९७४८५४८०६४ वा ९८०९५९३४९०मा फोन गरेर भए पनि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*