Home / Feature Breaking news / त्रिपुर काग्रेसद्धारा २१ जनालाई सम्मान

त्रिपुर काग्रेसद्धारा २१ जनालाई सम्मान

दाङ,३० भदौ । नेपाली कांग्रेस साविक त्रिपुर नगर समितिले नेपाली काँग्रेस र साविक त्रिपुर क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । नगरको शिक्षा, स्वास्थ्य, कला, साहित्य, खेलकुदल, सस्कृति र भौतिक निर्माणलगायतका क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने २१ जनालाई सम्मान गरेको हो ।

१०५ औँ वीपी जयन्तीको अवसरमा नगर समितिले शनिवार घोराही उपमहानगरपालिका–१० नारायणपुरमा दोश्रो नगरसभाको आयोजना गरेर सम्मान गरेको त्रिपुर काँग्रेसले जनाएको छ ।नेपाली काँग्रेस त्रिपुर नगर सभापति दीपक पाण्डेको अध्यक्षता एवम पार्टी सभापति किर्तीबहादुर खड्काको प्रमुख आतिथ्य र पुर्व सभापति घनश्याम रेग्मीको विशिष्ट आतिथ्यमा भएकोकार्यक्रममा सुदीप गौतम, खगराज न्यौपाने, केदारदेवी दाहाल, सरद समिप, इन्द्रध्वज बस्नेत, खिमा चौधरी, बालिका गन्र्धव, हेमराज गन्धर्व, निर्मला न्यौपाने, लोकादेवी आचार्य, दधिराम भण्डारी, विक्रम बुढाथोकी, तिलक झाक्रीमगर, खुमबहादुर वली, मनिष पाण्डेय, बिन्दु शाह, सरिता देवकोटा, यागेश्वर बस्नेतलगायतका व्यक्तिहरुलाई सम्मानित गरेको हो ।sarita

कार्यक्रममा बोल्ने बक्ताहरुले काग्रेसलाई संगठित र एकतावद्ध पार्टी बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. ३का सभापति भुपमबहादुर डागी, महाधिवेशन प्रतिनिधि भरतरबहादुर न्यौपाने, महाधिवेशन प्रतिनिधि खगराज पाण्डेय, महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत,महासमिति सदस्य हरि रजौरे,नेपाली काग्रेसका पूर्व क्षेत्रीय सभापति गोविन्द मजगैया, महाधिवेशन प्रतिनिधि सुष्मा गिरी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदिप खडका,नेपाली नेपाली काग्रेसका जिल्ला सदस्यद्धय बालिका लम्साल, कमल वलीले बोलेका थिए ।

त्यस्तै काग्रेस नेता विष्णुमणि दाहाल, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, नरसिङ विक, सुदिप गौतम,लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली काग्रेस दाङका क्षेत्र नं. ३का सचिवद्धय बद्री खडका,कमल गौतम,सहसचिव प्रकाश सुवेदी, क्षेत्रीय सदस्य रेखबहादुर वली, नेपाल महिला संघकी जिल्ला सचिव लक्ष्मी लम्साल, महतवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, नेपाली काग्रेस निकट सास्कृतिक संघका जिल्ला सचिव राजेन्द्र दाहाल र दिपक न्यौपानेलयागतले विचार राखेका थिए ।

कार्यक्रममा गायक सरद समिप, राजेन्द्र दाहाल, हेमराज गन्धर्व, यागेश्वर बस्नेत,होमबहादुर डागी विभिन्न सास्कृतिक प्रस्तुती देखाएका थिए । नगरका उपसभापति रेशम बस्नेतको स्वागत मन्त्वयवाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव बिष्णु देवकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*