Home / Feature Breaking news / निर्मला हत्याकाण्डका दोषीलाई कारवार्हीको माग गर्दै घोराहीमा प्रदर्शन

निर्मला हत्याकाण्डका दोषीलाई कारवार्हीको माग गर्दै घोराहीमा प्रदर्शन

दाङ,३० भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तका हत्यारालाई कारवार्हीको माग गर्दै शनिवार घोराहीमा मौन प्रदर्शन गरिएको छ । अधिकारकर्र्मी, वकिल, पत्रकार,युवाहरुसहितको ¥याली घोराही बजारमा प्रदर्शन गरेका हुन ।mahila

घोराहीको तुलसीपुरचोकवाट शरुभएको ¥यालीले बजारका विभिन्न भागहरुको परिक्रममा गरेको थियो । ¥यालीपछि तुलसीपुरचोकमा समापन गर्दै महिला अधिकारकर्मी लक्ष्मी आचार्यले दोषीलाई कारवार्ही गर्दै पीडित परिवारलाई न्यायका लागि सरकारलाई खवरदारी गर्न अधिकारकर्मीहरु सडकमा आउनु परेको बताइन ।dd

सरकारले दोषीलाई कारवार्ही नगर्दा अहिले समाजमा सयौ निर्मलाहरु असुरक्षित रहेको भन्दै उनले समाजका निर्मलाहरुको सुरक्षा गर्न राज्यसँग माग गरिन । साथै उनले सरकारले पीडितलाई न्याय दिन ढिलाई गरे दवाफलाई अझ शसक्त रुपमा अघि बढाउने बताएकी थिइन ।liladd

¥यालीमा सहभागीहरुले ‘निर्दोषलाई याताना, दोषीलाई उन्मुक्ति’, ‘चुप लागेर नबसौ,न्याय मर्न नदिऊँ’,‘चुप लागेर बस्दैनौ,न्याय मर्न दिर्र्दैनौ’, ‘सरकारले देखायो लाचारी,त्यसैले हाम्रो खवरदारी ?’,निर्मलाका निम्ति न्याय’लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । ddd

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*