Home / Feature Breaking news / आज हरितालिका तीज

आज हरितालिका तीज

दाङ,२७ भदौ । आज नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिनको राति दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयाका दिनदेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरी सम्पन्न गरिने गरिन्छ ।

आजको दिन दाङका शिव मन्दिरहरुमा पुजाअर्चना गर्ने मन्दिर नजिक नभएका महिलाहरुले घरमै शिवको मुर्ति स्थापना गरि पुजापाठ गर्ने प्रचलन छ ।
धर्मग्रन्थ अनुसार पिता हिमालयले पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन खोजेका थिए । तर, पार्वतीले शिवलाई पतिका रूपमा ग्रहण गर्ने बताएर व्रत बसिन् । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख गरिएको ज्योतिष मेघराज आचार्य बताउछन । सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम हरितालिका रहन गएको विश्वास छ । सोही बेलादेखि तीजको व्रत बस्न थालिएको आचार्य बताउछन ।

‘तीज पर्वको अवसरमा आज अविवाहित महिलाहरू असल पति पाउने आकांक्षामा यो व्रत बस्ने गर्नछन भने विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै आजको दिन व्रत बस्ने र शिवको पूजाअर्चना गर्ने परम्परा रहदै आएको छ ’,आचार्यले भने । त्यस्तै तीजलाई सखी पर्वका रुपमा समेत लिइने गरेको बताए । जसको कारण भनेका आजको दिन साथीहरुसँग भेटघाट गर्ने र बर्षदिनभरीका सुख दुखका कुरा एकअर्कासँग साटफेर गर्ने दिनका रुपमा लिइने गरेको उनी बताउछन ।

आजको दिन महिलाहरुले भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । तर पछिल्लो समय तीज पर्वको नाममा विकृतिहरु समेत भित्रिएको आचार्य बताउछन । जसका कारण तीजको मौलिकपन लोप हराउनका लागि समाजमा विभिन्न खालका विकृतिहरु देखिएका बताए । त्यसैले आजको दिनलाई घरपरिवार वा समाजमा हुने खराव तत्वहरु फाल्ने दिनका रुपमा समेत लिइने गरेको उनी बताउछन ।

तीजका नाममा तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने पछिल्लो पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा समेत जानकारी पाउन नसक्ने अवस्थाको सिर्जना हुने अवस्था रहेको सस्कृतिविद समेत रहेका आचार्य बताउछन ।

तीज पर्व महिला दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ । मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ । झ तीज पर्वको नाममा एक महिना पहिलेदेखि दरखाने नाममा कार्यक्रमका कारण तीजको मौलिक हराउनका साथै धनि र गरिवका विचमा आर्थिक दुरी बढाउने काम हुने गरेको आचार्य बताउछन । यसलाई सवै सचेत नागरिकहरुले चिर्नका लागि आजैको दिनले सन्देश दिने उनी बताउछन । तीजकै अवसरमा विभिन्न मन्दिर तथा सार्वजनिक ठाउँहरुमा रमाइलो गर्न नाचगान, मेला तथा प्रतियोगिता समेत आयोजना गरिदै आइएको छ ।

त्यस्तै तीज पर्वमा बर्त बस्दा महिलाहरुलाई स्वास्थ्यका बारेमा ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन । लामोसमयसम्म केही नखाई बर्त बस्दा स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै उनीहरुले स्वास्थ्यलाई ख्याल गरेर बर्तवस्न महिलाहरुलाई आग्रह गरेका छन । त्यस्तै धेरै चिल्लो र पिरो खाना समेत नखान आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*