Home / Feature Breaking news / प्रकाण्डलाई सर्वाेच्च लगिने

प्रकाण्डलाई सर्वाेच्च लगिने

दाङ,२६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई सर्वोच्च लगिने भएको छ । प्रकाण्ड गिरफ्तारी विरुद्ध सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वाेच्चले ४८ घण्टाभित्र प्रकाण्डलाई सर्वाेच्चमा हाजिर गराउन सरकारलाई आदेश दिएपछि सर्वोच्च लगिने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले सोमवार ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सरकारलाई बिपक्षी बनाई अन्तरिम आदेश दिएको थियो । ४८ घण्टाभित्र सर्वोच्चमा हाजिरी गराउन अन्तरिम आदेश जारी गरेपछि प्रहरीले प्रकाण्डलाई काठमाण्डौ लग्ने तयारी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार सर्वाेच्चको अदालतको बन्दी प्रत्यक्षीकरणको रिटको आदेश पत्र प्रहरीलाई आएकाले काठमाण्डौ लग्ने तयारी भएको जानकारी दिए । गत मंसिर १२ गते तुलसीपुरमा भएको बम काण्डमा म्यादी प्रहरीको मृत्यु भएपछि प्रकाण्डलाई कर्तव्य ज्यान मुद्धामा प्रहरीले मुद्धा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*