Home / Feature Breaking news / पत्रकार शर्माका वुवा खड्गपानीको श्रद्धाञ्जली सभा

पत्रकार शर्माका वुवा खड्गपानीको श्रद्धाञ्जली सभा

दाङ, २५ भदौ

क्रियाशील पत्रकार भरतराज शर्माको वुवा खड्गपानी गैरेको निधन भएको दशौ दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य एवं नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद शर्माको वुवाको निधन भएको १० औँ दिनको पुण्यतिथीमा शर्माको निवासमा सभाको आयोजना गरिएको थियो ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रयिासनको अध्यक्षता एवं महासंघका सल्लाहकार सुदीप गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले भरतराज शर्मा सामाजिक क्षेत्रका एक उदाहरणीय व्यक्ती भएको भन्दै वुवाको उत्प्रेरणाले शर्मालाई सामाजिक व्यक्ती बनाएको बताएका थिए ।

उनीहरुले सामाजका एक अग्रणी व्यक्ती खड्गपानी गैरे रहेको भन्दै उहाँको निधनले समाजमा क्षति पु¥याएको बताए ।

साथै उनीहरुले मानिसको निवनमा मृत्यु अनिवार्य भएको भन्दै शोकलाई शक्तीमा बदल्न शर्मा परिवारलाई अनुरोध पनि गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारीका सचिव प्रेमबहादुर राम्जा, प्रेस सेन्टरका उपाध्यक्ष सन्तोष अधिकारी लगायतले शोक मन्तव्य राखेका थिए ।

सहभागीहरुलाई स्वर्गीउ गैरेका छोरा भरतराज शर्माले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण महासंघका सचिव भुपेन्द्र वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*