Home / Feature Breaking news / सेवाग्राही आए वाह्रै महिना शनिवार पनि सेवा

सेवाग्राही आए वाह्रै महिना शनिवार पनि सेवा

लिलाधर वली
दाङ,२५ भदौ । जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले शनिवार दिन थालेको सेवाको चौथो हप्ता वितेको छ । चौथो हप्तासम्म आइपुग्दा प्रशासन कार्यालयवाट २६ जनाले सेवा लिएका छन ।

जसमा ३ जनाले नागरिकताको प्रतिलिपिसहित १३ जनाले नागरिकता, ३ जनाले राहदानीका लागि सिफारिस, ४ जनाले सवारी सञ्चालन सम्वन्धी पास, २ जनाले जनजाति सम्वन्धी सिफारिसलगाएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत यज्ञबहादुर बुढाले जानकारी दिए । त्यस्तै १ जनाले नामथर प्रमाणितको सिफारिस, १ जनाले संघसस्था नवीकरण, २ जनाले कार्यालयमा आएर परामर्श लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

प्रशासकिय अधिकृत बुढाका अनुसार कार्यालयको शनिवारी सेवाका क्रममा पहिलो शनिवार ६ जना, दोश्रो शनिवार ७ सात जना, तेश्रो शनिवार २ जना र चौथो शनिवार ११ जनाले सेवाग्राहीले सेवा लिएका छन । काममा बेस्त हुने सेवाग्राहीहरुलाई प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय सञ्चालन भएपनि सेवाग्राहीहरु न्यून उपस्थीत हुने गरेको जिल्ला प्रशासन कार्यालयका अर्का प्रशासकिय अधिकृत अमरराज आचार्यले बताए । ‘हप्ताका अन्य बार काममा बस्त हुने नागरिकहरुसँगै शुक्रवार काम नभएका सेवाग्राहीहरुको काम गरिदिने उद्देश्यले शनिवार सेवा दिएका हौ’,प्रशासकिय अधिकृत आचार्यले भने,‘तर शनिवार सेवा लिने सेवाग्राही आउन सकेनन् ।’

आचार्यका अनुसार शनिवार जिल्ला प्रशासनमा सेवाग्राही कम आउनुभएको मुख्य कारण जनतासँग प्रमुख सरोकार राख्ने अन्य सरकारी कार्यालय बन्द रहनु प्रमुख कारण भएको बताउछन । ‘जिल्ला प्रशासन कार्यालयले शनिवार सेवा दिन थालेका छौ,सेवाग्राहीहरुलाई सेवा लिन आउनुहोस भनेर सूचना प्रवाह गर्ने काम गरिरहेका छौ’,प्रशासकिय अधिकृत आचार्यले भने,‘यसको मुख्य कारण जनतासँग सरोकार राख्ने अन्य सरकारी कार्यालय बन्द रहनु हो ।’ त्यस्तै बर्षादको समय भएकाले पानी परिरहने भएकाले पनि कम सेवाग्राही आएको हुन सक्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले यहि भदौ महिनादेखि शनिवार पनि प्रशासनिक सेवा दिन थालेको हो । अन्य बार व्यवसायमा व्यस्त हुने व्यवसायी,स्कुल पढाउने शिक्षक,पढ्ने विद्यार्थीलगायत प्रशासनिक कामका लागि जिल्लाका दुर्गम क्षेत्र तथा जिल्ला बाहिरवाट आएका सेवाग्रहीहरुको सहजताको शनिवार जिल्ला प्रशासन कार्यालय खुल्ला गर्न थालेको थियो । कार्यालयले शनिवार ११ बजेदेखि २ बजेसम्म सेवा दिदै आएको छ ।

सेवाग्राही आए वाहै्र महिना शनिवारीय सेवाः प्रजिअ
यसैबीच प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले यो सेवा परीक्षणकालागी दुई महिनालाई लागु गरिएको बताए । तर सेवाग्राही आए यो सेवा वाह्रैमहिना सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताए । ‘हामी दाङ जिल्लालाइ नमुना सेवा सेन्टरका रुपमा स्थापित गर्न चाहन्छौं, मिडियाको साथ र सेवाग्राहीहरुको उपस्थीति रहेको अवस्थामा वाह्र्रै महिना यो सेवा सन्चालन गर्न हामी प्रतिवद्ध छौं’—प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,‘शनिवारको सेवाकालागी अतिरिक्त मुल्य सेवाग्राहीहरुले तिर्नुपर्ने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*