Home / Feature Breaking news / ‘हाँसेर बोल न माया’ का तिलकबहादुर

‘हाँसेर बोल न माया’ का तिलकबहादुर

आर.के.शीतल

हाँसेर बोल न माया जीवन फरकी आउदैन
मनको कुरा खोल न माया जीवन फरकी आउदैन

यो गीत सायद धेरैले सुन्नुभएको छ । जुन गीत कुनै बेलाको चर्चीत गीत हो । यो गीत सुनेर रमाउने स्रोताहरु सायद अनगिन्ती हुनुहुन्छ ।

कतिपय यस्ता गायक हुन्छन् । जुन गीत सबैले सुनेका हुन्छन् । तर गायकको बारेमा थाहा हुदैन । यस्तै एक पात्र हुन्ः तिलकबहादुर बस्नेत । कुनै बेलाका चर्चीत यी गायक अहिलेको समयमा ओझेलमा परेका छन् । उनका गीत सबैजसो रेडियोले बजाउछन् । धेरैको मुखमा झुण्डीएको पनि छ । तर यही गीत गाउने व्यक्तीको बारेमा जानकारी छैन ।

तिलकबहादुर बस्नेत एक त्यस्ता पात्र हुन् जो आझेलमा परेकाछन् । उनको स्वरमा यस्तो मिठास छ जो अहिले ७८ वर्षको हुदा पनि स्पष्ट थाहा हुन्छ । २२ वर्षको हुदाँदेखी नै नेपाली संगीतमा प्रवेश गरेका तिलकबहादुर राष्ट्रिय स्तरसम्म धेरै गीत गाए । २०१९ सालमा उनी पहिले पटक लोकगीत प्रतियोगितामा सहभागी भए ।

हुन त हुन विद्यार्थी जिवनमा पनि धेरै गीत गाउथे । त्यो बेला उनी विद्यालयका उत्कृष्ट गीत गाउनेमध्यका एक थिए । उनी २२ वर्षको हुदाँ वि.सं. २०१९ सालमा लोकगीत प्रतियोगिता भयो । जसमा उनी सहभागी भए । उनले पश्चीम नेपालमा गाईने ‘बनगाडी’ ठेट टप्पा गीत गाएका थिए । जुन गीतको बोल ‘हाई मेरी जुनकिरी’ रहेको छ ।

उनी सहभागी भएर उत्कृष्ट पनि भए । त्यसपछि उनलाई लोकगीतप्रतिको आकर्षण बढेर गयो । त्यसपछि उनी समूह बनाएर सल्यानमा लोकगीत गाउन थाले । उनी त्यो बेलामा टोलीको नेतृत्व गर्दै लोकगीत गाउथे ।

उनले नेतृत्व गरेको समूह उत्कृष्ट पनि भयो । देशका विभिन्न जिल्लाहरुमा उनको टोली सांस्कृतिक कार्यक्रममा पुग्ने गर्दथ्यो ।

उनको यही मेहनत र टीमको मेहनतले उनको टोली २०२३ देखी २०२९ सालसम्म काठमाडौमा बसेर राष्ट्रिय नाचघरमा लोकगीत र लोक नृत्य प्रस्तुत गरे । जसलाई उनले अवसरको रुपमा लिए ।

उनले रेडियो नेपालमा पनि गीत रेकर्ड गरे । २०२३ देखी २०३१ सालसम्म उनका धेरै गीतहरु रेडियो नेपालमा रेकर्ड भए । जुन गीत रेडियोबाट प्रसारण पनि भए । लामो समयसम्म उनका गीतहरु रेडियोबाट घन्कीए तर पछि बज्न छाडे ।

उनमा उत्सुकता जाग्यो किन गीत बज्न छाडे भनेर । २०६१ सालतिर उनी काठमाडौँ गएके बेला रेडियो नेपालमा पुगेर गीत किन बज्न छाडे भनेर बुझ्दा त उनको गीत त्यहाँको लाईब्रेरीमा देखेनन् ।

रेडियोलाई सोधे तर चित्त बुझ्दो जवाफ पाएनन् । विडम्बना उनले गाएका धेरै गीत चोरी भएछन् । अरुले नै आफ्नो स्वरमा गीत रेकर्ड गरेर बजारमा ल्याए । उनको सम्पतिको चोरी भयो ।

त्यही समयमा रेडियो नेपालका उनका साथीहरुको सल्लाह अनुसार २०६२ पुष २१ गतेदेखी २०६५ भदौ १६ गतेसम्म ६ वटा गीतहरु रेकर्ड गरे । जुन गीत अहिले पनि अजम्बरी बनेर बजिरहेका छन् । रेडियो नेपाल र एफएमहरुमा उनको गीतले स्थान पाएका छन् ।

‘पानी जस्तो बग्ने माया सलल बगेर गैजाला’ बोलको गीत उनले रेडियो नेपालमा रेकर्ड गरे । तर त्यसको संरक्षण रेडियो नेपालले गर्न सकेन । गीत चोरी भयो ।

अर्कैको स्वरमा रेकर्ड भयो । चर्चीत पनि भयो । तर उनको रचना चोरी भएको कुनै निकायले ध्यान दिए । उनका यस्ता धेरै गीत चोरी भए ।

सल्यानको नयाँ दरबार झिंगटी टाँसेको
कही गए बिर्सने छैन मुसुक्क हाँसेको
बजार राम्रो घोराहीको आँखै झिलमिलाउने
चरी कोईली वनमा गाउछे मन किन डुलाउने
हाई मेरी जुनकिरी मायैमा मोहनी
लगाई फाल बालिसाई झुम्के बुलाकी

राप्ती अञ्चलको पहिचान टप्पा गीत उनको रोजाईको गीत हो । उनको गीतमा वास्तविकता समेटिएको छ ।

उनी गीत आँफै रचना गर्थे र आँफै गाउथे । उनका सबै गीतमा मिठास छ । उनले आफ्नो गीतमा बर्षाको समयमा सबैलाई सास्ती दिने ग्वार खोलालाई समेटेका छन् । उनले ग्वार खोलालाई मायासँगको संवादमा सम्झीएका छन् ।

ग्वार खोलीको छालैमा
छाल हानी नाँचौ खेलौ माछी जालैमा
ताल चरी तालैमा
डुबुल्की मार्दै खेल्दै छन् जोडी बनी साथैमा

उनका अजम्बरी गीतहरु अहिले ओझेलमा परे । उनका गीतहरु धेरैको रोजाई बनेका छन् । उनका सबैभन्दा लोकप्रीय गीतलाई उनले पनि माया गर्छन् ।

त्यो बेलामा सबैको रोजाई बनेको हासेर बोल न माया बोलको गीत उनको पहिचानको गीत बनेको छ । आफ्ना रचना चोरिए पनि आफ्नो कला आफूसँगै रहेको उनको भनाई छ ।

७८ वर्षको उमेर छदासम्म पनि उनी खुलस्त रुपमा गाउन सक्छन् । उनको गीतमा मिठानपन र कलात्मकता उत्तिकै छ ।
कलाका धनी तिलकबहादुर बस्नेतको पहिचान गायकमात्र होईन ।

सामाजिक व्यक्तीत्व एवं कलाका धनी गायक तिलकबहादुर बस्नेतको विषयमा बुझ्दा उनीको पहिचान अनेक छ । तुलसीपुर ११ मोतिपुरका बस्नेत गायकका साथै राजनितिकर्मी, समाजसेवी पनि हुन् ।

वि.सं. २०१६ देखी २०२३ सम्म त्रिभुवन हाईस्कूल सल्यानमा शिक्षक भएर सेवा गरेका बस्नेत २०११ साल लगत्तै भएको पहिलो गाँउ पञ्चायतबाट निर्विरोध प्रधान पञ्च भए । त्यसपश्चात उनी जिल्ला पञ्चायतको उपाध्यक्ष बनेर काम गरिसकेपछि उनी राप्ती अञ्चल पञ्चायतको उपसभापति बनेर २०२४ सालम काम गरे ।

उनी किसान संगठनको जिल्ला अध्यक्ष एवं राष्ट्रिय उपाध्यक्ष भएर पनि काम गरेको अनुभव छ । तिलकबहादुर बस्नेत वि.सं. २०३५ सालमा गाँउ फर्क राष्ट्रि अभियानमा तत्कालीन राजा विरेन्द्रबाट जिल्ला सदस्यम मनोनित भएका थिए । उनी सामाजिक क्षेत्रमा पनि अगाडी नै छन् ।

समाजमा हुने हरेक अप्ठेरोमा उनको सक्रिय सहभागिता रहने गर्दछ । बाढिपिडीतहरुको समस्यामा साथ दिने देखी शिक्षा, स्वास्थ्य जस्ता हरेक क्षेत्रमा उनको योगदान अमुल्य छ ।

बस्नेत विभिन्न समयमा राजनितिक दलहरुको प्रमुख भएर काम पनि गरे । उनको यो क्षमता र दक्षतालाई अहिलेको समाजले चिन्न सकेको छैन । उनको यो ईतिहास एवं भोगाईबाट धेरै विषयमा अहिलेको समाजले बुझ्न आवश्यक छ ।

पुराना कलाका धनी गहनाहरुको संरक्षण र सदुपयोग गर्न सकिएन भने भविष्यलाई केही मात्रामा भएपनि घाटा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*