Home / Feature Breaking news / तीन लाखको अवैध कपडासहित ७ जना नियन्त्रण

तीन लाखको अवैध कपडासहित ७ जना नियन्त्रण

दाङ, २३ भदौ

चाडपर्वहरु नजिकिदै गर्दा भन्सार छली गरेर कपडाहरु बेच्ने व्यापारी बढ्न थालेपछि दाङमा अवैध घुमन्ते व्यापार नियन्त्रण सुरु गरिएको छ ।

भन्सार छली गरेर भारतबाट कपडाहरु ल्याई जिल्लाका विभिन्न बजारहरुमा विक्री गर्ने गरेको गुनासो बढेपछि अवैध व्यापार नियन्त्रण गर्न थालिएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा अवैध घुमन्ते व्यापार रोक्न सुरु गरिएको छ तर लुकीछिपी घुमन्ते व्यापारीहरुले भारतको विभिन्न स्थानबाट भन्सार छलेका कपडा बेच्ने गरेका छन् ।

शनिवार जिल्लाको घोराही बजार क्षेत्रबाट अवैध कपडा नियन्त्रणमा लिईएको छ । संघले थालेको अनुगमनका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ रतनपुर गाँउमा सामान विक्री गरिरहेको अवश्थामा ७ जना करिब ३ लाख बराबरको लत्ता कपडा सहित भारतिय नागरिकहरुलाई पक्राउ गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय घोराहीको सहयोगमा नियन्त्रणमा लिएका सामानहरुमा १ सय ६७ थान कुर्ता सुरुवाल, ७३ थान तन्ना, ७ थान धोती र साडी गरि करिब ३ लाख बराबरको कपडा नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिईएको कपडाहरु भन्सारमा पठाईने प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*