Home / Feature Breaking news / म्यादी प्रहरी हत्याको आरोपमा प्रकाण्डलाई दाङ ल्याईयो

म्यादी प्रहरी हत्याको आरोपमा प्रकाण्डलाई दाङ ल्याईयो

दाङ, २२ भदौ

नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप दाङ ल्याईएको छ ।

नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्मा विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा प्रवक्ता प्रकाण्डले सरकारलाई निरंकुशको संज्ञा दिदै कानुन र मानवअधिकारको ठाडो उल्लंघन गरेको वताउनु भयो । उहाँले सरकारले आफ्नै सर्वोच्च अदालतको आदेश नमान्ने सरकारको व्यवहार ठिक नभएको वताउनु भयो ।

प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो मुद्दा हो । शुक्रवार वेलुका ५ः४५ वजे मात्र दाङ पुगेकोले आईतवार अदालतमा हाजिर गराउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिनु भयो ।
भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*