Home / समाचार / मह प्रशोधनमा दुई करोड लगानी

मह प्रशोधनमा दुई करोड लगानी

दाङ,२१ भदौ । तुलसीपुर क्षेत्रमा पहिलो पटक एक करोड ९३ लाख २१ हजार लागतमा मह प्रशोधन गृह निर्माण भएको छ । नेपाल सरकार कृषि विभाग अन्र्तगत साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना रिजमको पुरक अनुदानमा सञ्चालित ‘मह संकलन, प्रशोधन तथा बजारीकरण उप–आयोजना अन्र्तगत मह प्रशोधन गृहको निर्माण भएको हो ।

तुलसीपुर–६ मा स्वर्गद्धारी वि कन्र्सनले १०९ मेट्रिकटन मह संकलन र प्रशोधन बजारीकरण गर्ने उद्देश्यले निर्माण गरेको प्रवन्धक विनोदकुमार हमालले जानकारी दिए । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले अन्र्तराष्ट्रिय बजारको माग अनुसारको गुणस्तरीय मह उत्पादनका लागि उद्योग लाई लगानी गरेको बताए ।

उनले शुद्घता कायम राख्ने काम कृषकको र मुनाफाको समुचित वितरण गर्ने काम उद्योगको हुने भन्दै यसले किसानहरु लाई धेरै फाइदा पुग्ने बताए । उनले माहुरी पालक किसानहरुको आयस्तर बढाउन र कृषकहरु लाई व्यवसायीक बनाउन विभिन्न सहयोग आफुहरुले गदै आएको बताए ।

रिजमको पुरक अनुदानमा सञ्चालित मह संकलन, प्रशोधन तथा बजारीकरण उप आयोजना कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले गुणस्तरमा सम्झौता नगर्न आग्रह गदै हिजोको दिनमा मह भए पुग्ने गरे पनि आजका उपभोक्ताले गुणस्तरमा ख्याल राख्ने हुँदा उच्च गुणस्तर कायम राख्न सुझाव दिए ।

उनले नेपालको मह गुणस्तरीय र अग्रायानिक हुन सके विदेशमा निर्यात गर्न सक्ने बताए । दाङ जिल्ला माहुरी पालन व्यवसायीका लागि उपयुक्त जिल्ला भएको बताएका थिए ।