Home / Feature Breaking news / कक्षा ७ मा दोस्रो हुदा…..

कक्षा ७ मा दोस्रो हुदा…..

सरल र सान्त स्वभाव । कसैको मन नदुःखाउने । सवैसँग मिल्न सक्ने गुण भएका मान्छे हुन टंकप्रसाद पोख्रेल (कमल ) । घोराही उपमहानगरपालिका–१७ कर्जाही निवासी ४२ बर्षिय पोख्रेलको जीवनका उकाली ओरालीका क्रममा धेरै सुख द.खका घट्नाहरु साछी छन् । पोख्रेल आफनो जीवनमा सुखभन्दा दु.खका धेरै क्षणहरु भएको बताउछन । तीनै पोख्रेलको सुख र दःुखको मिश्रित जीवनमा यो पक्तिकारले नियमित स्तम्भ खुशीका लागि खुसीका रडहरु बाँडन अनुरोध गर्दा पोख्रेल तयार भए ।

मगलवार विहानै भेट भएका पोख्रेललाई पहिलो खुशी सुनाउन आग्रह गरे । पोख्रेलले एक छिन सोचे र भने ‘ कक्षा ७ मा दोस्रो स्थान आएकोदिन ।’ पोख्रेल सानो उमेरदेखि नै अव्वल विद्यार्थी हुन । उनी अध्ययनका क्रममा फेल भएन । सधै राम्रो अंक ल्याएर पास हुने विद्यार्थीहरुको लिष्टमा पर्ने गर्थे । २०४६ सालतिरको कुरा हो । कक्षा ७ को बार्षिक परिक्षाको रिजल्ट आउट हुदा पोख्रेल कक्षा दोश्रो भए । दोश्रो भएर घोराहीको पद्मोदय पव्लीक नमुना माध्यामिक विद्यालयमा पढ्न आउदाको क्षण वेग्लै खुसी भएको थिए’ उलने सम्झना गर्दै भने ‘त्यो क्षण मेरा लागि साच्चीकै खुशीको क्षण हो, छोराको प्रगति देखेर बुबाआमा समेत खुशी हुनुभएको थियो ।’

lalla

अर्काे खुशीको क्षण उनले झिङगी विद्यालयको नजिकै श्रोतामा नुहाउन गएको सम्झना गरे । श्रोतामा पानी बगिरहन्थ्यो । हामी विद्यालयका पढ्न गएको बेलामा मध्यान्तीमा सधै नुहाउन त्यही जान्थ्यौ । एक दिन यति नुहाईएछ कि हामी विद्यालय फर्कदा आखा राता भएका थिए । विद्यालयका सरलाई कस्ले हामी सधै सुनाउन जाने गरेको कस्ले सुनाई दिएको रहेछ । त्यस दिन हामी कक्षा कोठामा पुग्ने वित्तिकै सरले अघि बोलाउनुभयो र मुर्गा बनाउनुभयो । ४५ मिनेको घण्टीभरी मुर्गा गरेको अहिले पनि साथीहरुसँग भेट हुदा त्यो क्षणको याद आउछ ।

पोख्रेलको राजनीतिक आस्था प्रजातान्त्रिक विचारप्रति रहेपनि कहिलै पदमा बसेनन् । विद्यार्थी समयमा पनि कुनै संगठनमा बसेनन् । राजनीतिक,संघसस्थाभन्दा पनि पोख्रेल व्यवसायतर्फ लागे । पोख्रेलले २०६१ सालमा घोराहीमा कपडा पसल गरेर व्यवसायमा हात हाले । तर कपडा पसल सोचे जस्तो चल्न सकेन । त्यसपछि कुखुरापालनमा हात हाले । केही समय कुखुरापालन व्यवसाय गरे । तर त्यहाँ पनि मन सन्तुष्ट भएन र व्यवसाय छोडे । त्यसपछि मिल व्यवसाय सञ्चालन गरिरहेका छन । मिल व्यवसायवाट पोख्रेल सन्तुष्ट रहेको बताउछन । ‘जीवनमा कहाँ गएर के गर्ने लेखेको छ,त्यही हुन्छ’,पोख्रेल भन्छन,‘नपत्याए मेरो जीवनलाई हेर्नुहोस तँ । मैले सुरुमा अन्य धेरै व्यवसाय गरे,लास्टमा मिल व्यवसाय गर्नु भाग्यमा लेखेको रहेछ ।’ व्यवसायका क्रममा पोख्रेल दाङ उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित भएका छन ।

व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित हुदाको क्षणलाई पनि खुशीको क्षणका रुपमा लिने गरेका छन् । ‘निर्वाचनका क्रममा आम व्यवसायीहरुले मलाई मतदान गरेर उद्योग बाणिज्य संघको सदस्यमा पु¥याउनुभयो,त्यो मेराका लागि ठुलो खुशीको क्षण हो’,पोख्रेलले भने । त्यसैगरेर हेडसर विरुद्धको नारावाजी पनि पोख्रेलले सम्झना गरे । त्यो समयमा पोख्रेललाई राजनीति भनेको थाहा थिएन ।

माध्यामिक विद्यालयमा झिङनीमा अध्ययन गर्थे । विद्यालयका हेडसर असाध्यै कडा थिए । उनका विरुद्धमा कोही बोल्न सक्दैन थिए । विद्यालयको ठुलो क्षेत्र थियो । विद्यालयको गेटमा भेला भएका विद्यार्थीहरुले आँपको हागाँ भाच्यौ र हेडसरका विरुद्धमा नारा लगायौँ । ‘हेडसर मुर्दावाद’ ।
जुन बेला विद्यालयका हेडसर थिए स्व. निमप्रसाद खनाल । सर विद्यालयको अफिस कोठामा जानुभयो । हामीलाई बोलाउनुभयो । विद्यार्थीहरु गयौ । किन नारालगायको तिमीहरुले भनेर सोध्ने भयो हेडसरले विद्यार्थीहरुले केही जवाफ दिन सकेनौ ।

त्यसपछि सरलाई के चाहियो हेडसरका विरुद्धमा नारावाजी गर्ने जम्मै विद्यार्थीहरुलाई मुर्गा बनाउनुभएको थियो । विद्यालयमा पढ्न गएका हामी करिव १०÷१५ जना विद्यार्थीहरु विद्यालयको प्राङगणमा एक घण्टा मुर्गा ग¥यो । अव फेरी सरको विरुद्धमा नारावाजी नगर्ने सर्तमा सरले छोड्न दिनुभयो । जुन घट्ना जीवनको अविस्मरणीय क्षणका रुपमा रहेको छ । खुशीको क्षणका रुपमा रहेको छ ।

त्यस्तै उनले अर्काे खुशीका पलका रुपमा जेठी छोरी परिधिलाई समेत लिने गर्छन । २०६१ साल भदौको ५ गते बहिनी सिर्जनाको निधन भयो । बहिनीको निधन भएपछि घरपरिवार दु.खमा परेको थियो । त्यसमापनि झन आमा धेरै पीडामा हुनुहुन्थ्यो । छोरीको निधनमा सोकमा पर्नुभएकी आमालाई धेरै सम्झाउने प्रयास गरेपनि सकेका थिएनौ । त्यही समयमा २०६१ असोज १२ गते जेठी छोरी परिधिको जन्मभयो । छोरीको जन्मभएपछि आमा खुशी हुनुभयो । पहिले तेसै टोलाउने आमा नातिनीसँग खेल्दै छोरी गुमाउदाको पीडा भुलेको क्षण मेरो जीनवको महत्वपुर्ण खुशीको क्षण हो ।

आमा र छोरी रमाइलो गरेको देख्दा ती विगतका दिनहरुको अहिले पनि याद आउने गर्छ ।
२०३३ सालमा मंसिर १ गते घोराही उपमहानगरपालिका ३ भैसकुर्मा (साविक लक्ष्मीपुर गाविस १ )मा बुबा बिष्णुप्रसाद पोख्रेल र आमा शारदा पोख्रेलको सुपुत्रका रुपमा जन्मीएका हुन । २०५९ साल फागुन २६ गते प्युठान दरर्भान निवासी रिता पोख्रेलसँग बैवाहिक सम्वन्धमा बाधिएका पोख्रेलका दुई छोरीहरु छन ।

दाङ उद्योग बाणिज्य संघको उद्योग सदस्य, जिल्ला मिल व्यवसायी समितिको सल्लहकार, जनज्योति टोल विकास समितिको कोषाध्यक्ष, पाण्डवेश्वर मन्दिर व्यवस्थापन समिति धर्ना धारापानीको आजिवन सदस्यका रुपमा रहेका छन ।

 प्रस्तुती लिलाधर वली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*