Home / Feature Breaking news / तुलसीपुरमा थप नगर स्वास्थ्य केन्द्र स्थापना

तुलसीपुरमा थप नगर स्वास्थ्य केन्द्र स्थापना

तुलसीपुर, १९ भदौ

तुलसीपुर उपमहानगरपालिकाले जनतालाई सुलभ रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि नगर स्वास्थ्य केन्द्रको स्थापना गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर १२ को हेमनगरमा नगर प्रमुख घनश्याम पाण्डेले नगर स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि उपमहानगर सधै तत्पर रहेको वताए ।

“हरेक नागरिक स्वस्थ हुन पाउने संविधानले दिएको अधिकारको रक्षाका लागि हामी प्रतिवद्ध छौ ” नगर प्रमुख पाण्डेले भने । नगर स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा चेकजाँचका साथै औषधि समेत वितरण गरिने उनले जानकारी दिए । “जनताले तिरेको कर जनताकै सेवामा हामीले लगाउने छौ ” पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।
स्वस्थ रहनका लागि जनताले खानपानमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिदै उनले असल आहारले मात्रै मान्छे स्वस्थ हुने वताए ।

तुलसीपुर उपमहानगरपालिकाका हरेक वडामा स्वास्थ्य केन्द्र खोल्ने प्रक्रियामा उपमहानगरपालिका अगाडि वढेको वताउँदै पाण्डेले अहिले सम्म ६ वटा ठाउँमा स्वास्थ्य केन्द्र, एक ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ, ८ ठाउँमा ल्याव र एउटा नगर समेत सञ्चालन गरिएको उनले जानकारी दिए ।

 कार्यक्रममा वोल्दै उपप्रमुख माया आचार्यले स्वास्थ्य केन्द्र स्थापनाले  विपन्न वर्गलाई सेवा लिन सकिने वताइन् ।

उनले जनताको स्वास्थ्यका लागि आफुहरु चिन्तित रहेको समेत वताइन् ।

नेकपामा नेता शोभाराम वस्नेतले जनताको सेवामा स्थानीय तहहरु सक्रिय हुनुपर्ने सुझाव दिए ।

तुलसीपुर उपमहानगर स्वास्थ्य शाखा संयोजक डा. गोकर्ण दाहालले स्वास्थ्य सेवा सबैको सरोकार भएकाले आफुहरुले सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच पुग्ने गरी काम गर्ने वताए ।

नगर स्वास्थ्य केन्द्रमा जनतालाई अति आवश्यक पर्ने ४० प्रकारका औषधि पाइनुका साथै निशुल्क चेकजाँच समेत गरिनेछ ।

वडाध्यक्ष सुर्यवहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामचरण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण वडा सचिव केशव डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*