Home / Feature Breaking news / मोही किसानका ६९ सय निवेदन

मोही किसानका ६९ सय निवेदन

 

लिलाधार वली

दाङ । बर्दिया नौलापुर निवासी चल्तुराम चौधरीले मोही नामसारीसँगै आधा जमिनमा ‘मोही हकदावी’ गरेर जिल्ला भुमि सुधार कार्यालयमा निवेदन दिएका छन । भदौ ४ मा चौधरीले कार्यालयमा निवेदन दर्ता गरेका हुन ।

निवेदन दिएको झण्डै दुइसाता वितिसकेको छ तर अझैपनि निवेदनमा छलफल हुन सकेको छैन । बुबाले जोतेको घोराही उपमहानगरपालिका–१६ रावतगाउँको करिव ५ विगाह जमिनमा मोही हक दावी गर्दै निवेदन दिएको चौधरीले बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१० राईखल्यान निवासी सीताराम चौधरीले बुबा रामफल चौधरीले जोतभोग गरेको ३ कट्ठा साढे १९ धुर जमिनमा हक दावी गर्दै भदौ १८ गते कार्यालयमा निवेदन दर्ता गराएका छन । उनले गाउँकै सात जना जमिन धनी विरुद्ध जग्गा नामसारी गरि पाउँभन्दै निवेदन दर्ता गराएको भुमी सुधार कार्यालय दाङका तामेलदार खिमानन्द पन्थीले बताए ।

मोहीको आधा जमिनमा हकदावी गर्ने म्याद सकिएकाले चौधरीले मोही जग्गा नामसारी गरि पाउदै भन्दै निवेदन दिएको बताए । ‘कानुनले दिएको सम्पतीमा दावी गरेको छु, पक्कै पनि जमिन पाईएला भन्ने आशामा छु’ चौधरीले भने ।

चौधरीका अनुसार केही महिना पहिले आफुले पनि मोही विवादमा मोही हक दावी गर्ने किसानलाई जग्गावाफतको रकम समेत दिएको बताए । ‘कानुनले दिएको अधिकारमा हक दावी गरेकाले कानुन अनुसार मैले पनि दिए’, चौधरीले भने,‘मेरो बुबाले जमिनदारको जग्गा जोतेकाले अहिले मैले पनि निवेदन दिएको छ ।’

त्यस्तै बर्दिया मैनापोखर निवासी नरबहादुर थारुले मोही नामसारी गरि आधा जग्गा भराई पाउँ भन्दै ४० जना जमिन मालिक विरुद्धमा भुमि सुधार कार्यालयमा निवेदन दिएका छन । गत साउन २९ गते भुमि सुधार कार्यालय आएका थारुले घोराही उपमहानगरपालिकाभित्र रहेको करिव दुई विगाह बढि जमिनमा मोही दावी गरेका छन । तर उनलाई भने जग्गा कुन ठाउँमा छ भन्ने समेत थाहा छैन ।

भुमी सुधार कार्यालयका तामेलदार पन्थीका अनुसार कार्यालयमा गतबर्ष साउनसम्म ४ हजार नौ सय ९८ र साउन महिनादेखि एक हजार नौ सय ८३ गरि ६ हजार ९ सय ८१ निवेदनहरु कार्यालयमा दर्ता भएका छन । करिव १४ महिनाको अवधिमा यी मुद्धाहरु दर्ता भएको कार्यालयले जनाएको छ । निवेदन दिनेहरु दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका रहेको कार्यालयले जनाएको छ ।

बाहिर जिल्लाका भएर आफु पहिले बसेको स्थान र जोते हो होइन भनेर निवेदन कर्ताले वडा कार्यालयवाट सर्जीमिन गराएर सिफारिस लिनुपर्ने भएपनि केही किसानहरुले निवेदन नै नल्याएको तामेलदार पन्थीले बताए ।

जसमा बाजे÷बुबाहरुले साहुको जमिन जोतेको भन्दै अहिले किसानहरुले जग्गा धनिका विरुद्धमा निवेदन दिएको जिल्ला भुमि सुधार कार्यालय दाङले जनाएको छ । गतबर्षसम्म कार्यालयमा परेका निवेदनहरु मध्य कार्यालयले १ हजार १ सय ४३ मुद्धाहरु फछर्योट गरेको भुमि सुधार कार्यालय दाङका नायव सुव्वा गंगाराम पौडेलले बताए ।

उनका अनुसार २५ सय विगाह जमिनमाथि हकदावी गर्दै मोही किसानहरुले दिएको निवेदनका आधारमा हालसम्म १५ सय विगाह जमिनको विवाद समाधान गरिएको नायव सुव्वा पौडेलले बताए । उनका अनुसार ५ हजार ६ सय ८६ मोही विवादहरु मिल्न सकेका छैनन् ।

जग्गा धनि र मोही किसानका विचमा कुरा मिल्न नसक्दा धेरै निवेदनहरु रहेको तामेलदार पन्थीले बताए । ‘मोही विवादमा जमिन धनि र मोही किसान मिलेर आए विवाद समाधानका लागि खास्सै समस्या छैन, निवेदन भएको केही दिनमै विवाद मिलिहाल्छ’,पन्थले भने,‘ जमिन धनी र मोही किसान विचमा विवाद मिलेन भने मुद्दा अदालतसम्म पुग्ने गरेका छन ।’ मोही किसानले मोही बाफतको रकम माग्ने तर साहुले नमान्दा अधिकांस मुद्धाहरु अदालत जाने गरेको कार्यालयले जनाएको छ ।

व्यक्तिका नाममा दिएका निवेदन मिल्ने गरेपनि सस्थाका नाममा रहेका निवेदनहरु मिलाउन समस्या हुने गरेको छ । तत्कालिन दश बर्षे सशस्त्र द्धन्द्धका क्रममा माओवादीले मालपोत तथा भुमी सुधार कार्यालयमा आगो लगाउदा कागज जलेका कारण कुन जग्गामा मोही छ छैन भनेर कार्यालयलाई छुट्याउन समेत समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*