Home / समाचार / लक्ष्मीपुरमा महिला संघको तीज विषेश कार्यक्रम

लक्ष्मीपुरमा महिला संघको तीज विषेश कार्यक्रम

दाङ, १६ भदौ
नेपाल महिला संघ दाङ क्षेत्र नम्बर २ को आयोजनामा तीज विशेष कार्यक्रम लक्ष्मीपुरमा शनिवार सम्पन्न भएको छ ।

महिला संघका क्षेत्रीय अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवं कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तीज मौलिक पर्व भएको बताएका थिए ।

40559652_262593641043098_6718281887007113216_n

उनीहरुले पछिल्लो समयमा तीज पर्वका नाममा केही विकृतिहरु मौलाएको भन्दै यसको नियन्त्रणकालागि सबै लाग्नुपर्ने बताएका छन् ।

कार्यैक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशरी गौतम, जिल्ला सचिव शंकर डाँगी, जिल्ला कोषाध्यक्ष सावित्रा राना, कांग्रेसका जिल्ला निवर्तमान सचिव कमल किशोर घिमीरे, क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदी, क्षेत्र नम्बर ३ का उपसभापति भगतसिंह भण्डारी, महिला संघ जिल्ला अध्यक्ष गोमा रावत, महिला संघ रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठ, महाधिवेशन प्रतिनीधी सुष्मा गिरी, महाधिवेशन प्रतिनीधी पुष्पा श्रेष्ठ, लक्ष्मीपुर ईकाई सभापति युवराज आचार्य, तरुण दल क्षेत्र नम्बर २ का अध्यष नारायण जिएम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महिला संघका जिल्ला सदस्य खीमा अधिकारीले गर्नुभएको थियो ।

40447008_537663553339284_8878728068428988416_n

वातावरण प्रदुषण न्यूनिकरण सम्वन्धी तीज गीत प्रतियोगिता भएको थियो ।

जसमा ७ वटा टीमले भाग लिएका थिए । जसमा लक्ष्मीपुर महिला समूह प्रथम, किशोरी समूह बञ्जाडी द्धतिय र भानपुर महिला समूह तृतीय भएका थिए ।

कार्यक्रममा सांस्कृतिक संघ दाङको टोलीले प्रस्तुति प्रस्तुति राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*