Home / समाचार / सहाराको प्रथम साधारणसभा, गुणस्तरिय सेवामा प्रतिबद्धता

सहाराको प्रथम साधारणसभा, गुणस्तरिय सेवामा प्रतिबद्धता

घोराही, १६ भदौ ।

सहारा यातायात प्रालिको प्रथम साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने बक्ताहरुले गुणस्तरिय सेवामा प्रतिबद्ध रहेको ब्यबसायीहरुले बचताएका थिए ।

यातायात क्षेत्रमा नयाँ प्रबिधी र बिकास भइरहेको भन्दै गुणस्तरिय सेवामा प्रतिबद्ध रहेको प्रालिमा आबद्ध ब्यबसायीहरुले बताएका थिए । सरकारले प्रालिलाई प्राथमिकता दिएको भन्दै स्वस्थ्य प्रतिष्पर्धाले ब्यबसायीहरु एकताबद्ध भएर काम गर्नुपर्ने बताएका थिए ।

सहारा यातायात प्रालिका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा ब्यबसायी, गाडी स्टाफ, शुभचिन्तकको सहभागीता रहेको थियो । त्यस अबसरमा बोल्ने बक्ताहरुले सहारा यातायात प्रालिले अझै सेवालाई बिस्तार गर्नुपर्ने बताएका थिए ।

त्यस अबसरमा सहारा यातायात प्रालिको बिकास र समृद्धिका लागि सहयोग गर्नेहरुका सम्मान गरिएको थियो । सस्थापक कृष्णबहादुर भुषाल, काठमाडौँ काउन्टर ईञ्चार्ज बासु भट्ट, घोराहीका गोपाल केसी, बिजय चौधरी, तुलसीपुर काउन्टरका अमृत बुढा, यस कवर, बिजौरी काउन्टरका ईन्द्रबहादुर बुढाथोकी, लमही काउन्टरका सुब्बा तामाङ लामा, प्रेस सल्लाहकार प्रेमबहादुर राम्जालाई सम्मान गरिएको थियो ।

यस्तै गाडी चालक मनिराम बिक, बालकृष्ण चौधरी, तिर्थराज चौधरी, गाडी परिचालक समित आचार्य, यस्तै सहयोगी अर्पण चौधरी, शरद अधिकारी, राजकुमार गिरी, चन्दन थापालाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ । यस्तै कार्यक्रममा ध्रुब घिमिरे, नोखिराम पुनलगायतकाले बोल्नुभएको थियो ।

प्रालिका कोषाध्यक्ष रामजनम चौधरीले आर्थिक प्रतिबेदन र सचिब अतुल कवरले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस अबसरमा एक बर्षभित्रमा यात्रा गरेका २० हजार यात्रुले काटेको टिकटको आधारमा गोलाप्रथा मार्फत् चौध पुरस्कारको गोला गरिएको थियो ।

सहारा यातायात प्रालिले २५ हजार प्रथम पुरस्कार, १५ हजार द्धितीय पुरस्कार, १० हजार तृतीय पुरस्कार र ११ वटा सान्त्वना पुरस्कारको घोषणा गरिएको छ । साथै आगामी बर्षमा पनि प्रालिलाई अझै स्तरिय र प्रभावकारी सेवालाई प्राथमिकता दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*