Home / Feature Breaking news / कर शिवीरमा डेढ सय बढि व्यवसायी थपिए

कर शिवीरमा डेढ सय बढि व्यवसायी थपिए

दाङ, १५ भदौ

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कर शिवीर सकिएको छ । सिविर वुधवारबाट सुरु भएको थियो । शिवीरमा १ सय ६६ वटा नयाँ व्यवसाय दर्ता भएका छन् ।

नयाँ दर्ता भएका मध्ये विगतका समयमा भन्दा यस वर्ष महिला व्यवासायीहरुको सङख्या बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

त्यसैगरेर पशुपालन सम्वन्धी दर्ता गर्ने हरु वढेको भुसालको भनाइ रहेको छ । सिवीरमा ४ सय ४२ जनाले सेवा लिएका छन् । भने २ सय ७६ जनाले नविकरण गराएका छन् ।

सिवीरमा आन्तरीक राजस्व कार्यालय, घोराही उप महानगरपालिका कार्यालय तथा दाङ उद्योग वाणिज्य संघ वाट प्रदान गरीने सेवा प्रदान गरीएको थियो ।

सिवीरमा नया व्यवसाय दर्ता, आन्तरीक राजस्व कार्यालयमा वुझाउने राजस्व, व्यवसाय नविकरण, पान नम्वर ल्याउने सुविधा दिएको थियो ।

व्यवसायिहरु लाई सहजताको लागि कर सिवीर आयोजना गरीएको उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

व्यसायिहरुको सहजताका लागि ३ निकायको सहकार्यमा सिवीर सञ्चालन गरीएको कार्कीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*