Home / Feature Breaking news / राप्ती उपक्षेत्रीयमा विशेषज्ञ चिकित्सकसहित ४२ दरवन्दी रिक्त

राप्ती उपक्षेत्रीयमा विशेषज्ञ चिकित्सकसहित ४२ दरवन्दी रिक्त

राप्ती सन्देश समाचारदाता
दाङ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा विशेषज्ञसहित ४२ दरवन्दी रिक्त रहदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ । अस्पतालमा १ सय २१ जनाको दरवन्दी रहेपनि हाल अस्पतालमा ७९ जना मात्र कार्यरत छन भने बाँकी ४२ जना दरवन्दी रिक्त रहेको छ । अस्पतालमा चिकित्सहरु नहुदा उपचारमा समस्या भएको छ ।

अस्पताल श्रोतका अनुसार २० जना विशेषज्ञ चिकित्सकको दरवन्दी रहेपनि अहिले अस्पतालमा ९ जना मात्र चिकित्सकहरु रहेका छन । १८ मेडिकल दरवन्दी हेकामा ६ जना, ३५ जना नर्सिङ दरवन्दी रहेकोमा ३५ जना, अन्य ४८ दरवन्दी रहेकोमा ३० जना गरि जम्मा ७९ जना डक्टर तथा कर्मचारीहरु अस्पतालमा कार्यरत रहेको अस्पतालका निमित्त मेसु डा. जनादर्न पन्थीले जानकारी दिए ।

मेसु पन्थीका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सक ११ जना, मेडिकल अधिकृत १२ जना, नर्सिङ १ जना,अन्य १८ जनाको पद रिक्त रहेको छ । अस्पतालमा न्युरोलोजिस्ट, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन,प्याथोलिष्ट,डेन्टल सर्जन,मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, युरोसर्जन र नेफ्रोलोजिष्टको दरवन्दी पुर्ति हुन नसकेको अस्तालले जनाएको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) र मेडिकल जनरलिष्ट काजमा विर अस्पतालमा कार्यरत रहेको निमित्त मेसु पन्थीले जानकारी दिए ।

अस्पतालमा विशेषज्ञ चिकित्सकहरु नभएपछि पछिल्लो समय उपचारका लागि विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता बढ्न थालेको छ । विशेषज्ञ चिकित्सकहरुको अभावका कारण अस्पतालका वार्डहरु खाली हुने गरेका छन । अस्पताल प्रशासनको लापरवार्हीका कारण अस्पातल फार्मेसीमा विरामीका लागि औषधि समेत पाईदैन । अस्पताल फार्मेसी विरामीहरुको लागि औषधी नपाइने भएपछि विरामीहरु साझालगायतका अस्पताल बाहिर रहेका निजी किल्नीकहरुमा गएर महङगोमा औषधि किन्नुपर्ने बाध्यता रहेको छ ।
अस्पतालको स्वास्थ्य सेवा खस्दै गएको जनगुनासो बढ्दै गएपनि अस्पातल प्रशासनले भने स्वीकार्दैन ।

विशेषज्ञ चिकित्सक सङख्या कमि भएपनि अस्पतालले दिने सेवाप्रवाहमा कमि नभएको मेसु पन्थी बताउछन । अघिल्ला बर्षहरुको तथ्याङक र गत बर्षको तथ्याङकलाई हेर्दा अस्पताल आएर स्वास्थ्य सेवा लिने विरामीहरुको संङख्यामा कुनै कमी नभएको मेसु पन्थी बताउछन । अस्पतालको स्वास्थ्य सुधारका लागि आफुले पहल गरेपनि एक्लो प्रयासले सफल हुन नसकेको समेत उनी बताउदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*