Home / Feature Breaking news / शिवीरमार्फत व्यवसायीहरुलाई सहजता दिदै दाङ उवासंघ

शिवीरमार्फत व्यवसायीहरुलाई सहजता दिदै दाङ उवासंघ

अमरराज आचार्य
दाङ, १४ भदौ  

वंगलाचुली गाऊपालिका वडा नं ३ का शिवराज पाण्डे वुधवार विहान १० वजे नै घोराही आएका पुगेका थिए । उनले आफुले सञ्चालन गर्ने थालेको पसल दर्ता गराउनका लागि उनी घोराही आएको बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको सिवीरमा पाण्डे ले २ घण्टामा आफनो नया मदिरा तथा नास्ता पसल दर्ता गराए । २ घण्टा मै आफनो पसल दर्ता भए पछि दंग समेत परे ।

‘सिवीरमा नआएको भए मलाई पसलको दर्ता गराउन कम्तीमा पनि ४ दिन समय लाग्ने थियो’ पाण्डेले भने । भने आर्थिक रुपमा पनि खचिलो हुने उनको भनाइ रहेको छ । ४ दिन धाउनु पर्दा दैनिक घोराही आउदा गाडी भाँडा, खाना, नास्ता खादा वढी खर्च लाग्ने गरेको पाण्डेले बताए । ‘घोराही मात्र आएर पुग्ने थिएर तुल्सीपुर सम्म पुग्नु पर्ने थियो तर सहज रुपम पसल दर्ता गराए’ पाण्डेले भने ।

सिवीरमा ३ वटै निकायको सेवा प्राप्त गरेकाले सहजता भएको बताए । यस प्रकारका सिवीरले व्यवसायिहरु लाई सहज हुने उनको भनाइ रहेको छ ।

यस प्रकारका सिवीर स्थानिय स्तर सम्म सञ्चालन गरेमा अझ आफुहरु जस्ता व्यवसायिलाई सहजता हुने पाण्डेको भनाइ रहेको छ ।

घोराहीका होटल व्यवसायि नारायणप्रसाद रिजाल पनि सिवीरमा गएर आन्तरीक राजस्व कार्यालयमा वुझाउनु पर्ने राजस्व वुझाए । यसरी सिवीरमा नै राजस्व वुझाउन पाउदा आफु लाई सहज भएको बताए ।

‘तुलसीपुर गएर वुझाउनु पर्दा दिन भरी लाग्ने थियो तर सिवीरमा आधा घण्टा मै राजस्व वुझाउन पाइयो’ रिजालले भने । दिन भरी समय खर्च हुदा समयको साथै आर्थिक रुपमा समेत वढी खर्च हुने गरेको उनको भनाइ रहेको छ ।

आधा घण्टा मै राजस्व वुझाएर आफनो पसल सञ्चालन गर्न समेत पाइने बताए । यस प्रकारको सिवीर हरेक वर्ष सञ्चालन गरीनु पर्ने उनको भनाइ रहेको छ ।

वर्षातको समयमा तुलसीपुर जान समेत समस्या रहेको छ । खोलामा पुल नहुदा जोखिम पुर्ण यात्रा गर्नु पर्ने वाध्यता रहेको रिजालले बताए ।

वुधवार वाट सुरु गरीएको सिवीर शुक्रवार सम्म सञ्चालन हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । उनका अनुसार सिवीरमा आन्तरीक राजस्व कार्यालय तुलसीपुर, घोराही उप महानगरपालिका तथा दाङ उद्योग वाणिज्य संघले प्रदान गर्ने सेवा दिने छ ।

व्यवसायिहरु लाई सहजताको लागि आन्तरीक राजस्व कार्यालय, घोराही उप महानगरपालिका संग समन्वय गरी सिवीर आयोजना गरीएको अध्यक्ष भुसालको भनाइ रहेको छ ।

व्यवसायिहरुको हक हितका लागि स्थापना भएको संघले व्यवसायिहरु लाई सहजताको लागि काम गर्ने अध्यक्ष भुसालले बताए । उद्योग वाणिज्य संघले व्यवसायिहरुको सहजताका लागि हरेक वर्ष सिवीरको आयोजना गदै आएको छ । यस वर्ष पनि सिविर लाई निरन्तरता दिएको हो ।

सिवीरमा व्यवसायिहरुले कुनै पनि अतिरीक्त शुल्क तिर्न नपने उद्योग वाणिज्य संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । सिवीरको व्यवस्थापन उद्योग वाणिज्य संघले गरेको पोख्रेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*