Home / Feature Breaking news / दाङमा बस दुर्घटना, १ जनाको मृत्यु

दाङमा बस दुर्घटना, १ जनाको मृत्यु

दाङ, ५ भदौ

दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगर १४ खौसापुर देखी घोराही तर्फ आउदै गरेको रा १ ख ८१७ नम्बरको बस खौसापुरदेखी करिब तीन समय मिटर अगाडी पनेर्नि खोलामा पल्टदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसमा सवार भारतको शिवहरी बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसले च्यापीदा उनको घटनास्थलमै मृत्यु भएको हो ।  बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

बस बटोबाट केही मिटर तल खसेको छ । क्रेनको सहायताले बस निकाल्ने तयारी भईरहेको स्थानीयबासीले जानकारी दिएका छन् ।

दुर्घटना दिउसो सवा २ बजे तिर भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*