Home / Feature Breaking news / दाङमा ठुलो मात्रामा चरेस बरामद, ६१ किलो चरेस सहित पाँच जना पक्राउ

दाङमा ठुलो मात्रामा चरेस बरामद, ६१ किलो चरेस सहित पाँच जना पक्राउ

दाङ, ३ भदौ

दाङमा प्रहरीले ठुलो मात्रामा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले जिल्लाको देउखुरी क्षेत्रबाट ठुलो मात्रामा चरेस बरामद गरेको हो ।

६१ किलो चरेस सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शुक्रवार १० किलो चरेससहित २ जनालाई र शनिवार ५१ किलो चरेस सहित ३ जनालाई पक्राउ गरेको हो ।

बरामद गरेको चरेस सहित पक्राउ परेकाहरुलाई आईतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

विशेष सुराकीको आधारमा शुक्रवार १० किलो चरेस पक्राउ गरेको र सोही आधारमा अनजुसन्धान गर्दै जाँदा ठुलो मात्रामा चरेस बरामद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*