Home / भिडियो / युवाहरुको कथा समेटिएको ‘सोझो थारु’ (हेर्नुस् भाग–३)

युवाहरुको कथा समेटिएको ‘सोझो थारु’ (हेर्नुस् भाग–३)

दाङ, २ भदौ

बेरोजगार युवाहरुको कथालाई समेटिएको सट् मुभी ‘सोझो थारु’ को भाग ३ सार्वजनिक भएको छ । एओन मुभी मेकर्स प्रालिद्धारा निर्माण गरिदै आएको धारावाहिक सट् मुभी ‘सोझो थारु’ को भाग ३ शनिवार सार्वजनिक भएको हो ।

यूट्यूवमार्फत सार्वजनिक भएको यस मुभीमा बेरोजगार युवाहरुको कथा, व्यथा, उनीहरुको दैनिकीलाई हाँस्यव्यंग्य मार्फत उतारिएको छ ।

युवाहरु बेरोजगारु भए भने उनीहरुको क्रियाकलाप एवं उनीहरुको दैनिकीलाई कथामा उतारिएको छ । गाँउमा एउटा सोझो थारु हुन्छ । जो आफ्नो काममा मात्र ध्यान दिन्छ ।

उनको साझो पनको फाईदा उठाउनेहरुले उसलाई प्रयोग गरिरहेका हुन्छ् । उ कसैको काम विगादैृन र बिगार्नेहरुलाई छाड्दैन पनि थारु सोझो हुन्छ भनेर हेयको दृष्टीले हेर्ने हाम्रो समाजको वास्तविकतालाई कथामा समेटिएको छ ।

साझो भएपनि अन्याय नसहने पात्रको रुपमा सोझो थारुलाई उभ्याईएको छ । तर कहिले काही सोझो हुँदा केही कुरामा उसको पनि गल्ती हुन पुग्ने कथा यस मुभीमा छ ।

‘सोझो थारु भाग–३’ मा युवाहरुको बिचको सोच र विचार नमिल्दा देखिने समस्या देखाईएको छ । कुनै पनि विषयलाई राम्रोसँग नबुझ्दा युवाहरुले भोग्नुपरेको पिडालाई यस भागमा समेटिएको छ ।

शंकाको भरमा अगाडी बढेमा, बुरा क्लीयरसँग नबुझेर अगाडी बढेमा भोग्नुपर्ने बाधा र समस्यालाई कथाको यो भागमा स्पष्टसँग प्रस्तुत गरिएको छ । ‘बेरोजगार युवाहरुको दैनिकी एवं कथालाई यस मूभीमा प्रस्तुत गरेका छौ’ निर्देशक अमृतमान वलीले भने– ‘यो युवाहरुको वास्तविक कथालाई हाँस्यव्यग्यमार्फत पस्केका छौ । सबैले एक पटक हेर्नेपर्ने मुभी हो यो ।’

यस सट् मुभीको परिकल्पना÷पटकथा÷छायांकन÷सम्पादन र निर्देशन रहेको छ । यस भागमा बिरु चैधरी(बिबीसी), झग्गु भण्डारी, बसन्त बुढाथोकी, एनटी बसन्त, राजिव दंगाली, निशा मगर, विजया हमाल, गीता रावत, दोर्णा बुढाथोकी, सि.पी मगर, तुफान वली, रामप्रसाद भुषाल, संसार कार्कीको अभिनय रहेको छ । भने दोर्ण अधिकारीको अडियो भ्वाईस रहेको छ ।
एओन मुभी मेकर्स प्रालि रहेको यस मुभी निर्माणकालागि कविराज पोख्रेल, विष्णुकुमारी पोख्रेल, मानबहादुर भुषाल, विरबहादुर चौधरी, रामबहादुर चौधरी, विष्णुप्रसाद चौधरी, कृष्णप्रसाद पोख्रेल, कृष्णप्रसाद पोख्रेल, टार्जन गिरी, बसन्त चौधरी, भुपेन्द्र नेपाली, भुपेन्द्र वली, दिपक बिक, बासुदेव बस्नेत, विमल सेन वली, स्वर्गद्धारी आश्रम झिँगौरा, तपाली होटल रतनपुर, हरियाली समूह झिगौँरा, पिएमपी पोल्ट्रफर्म एण्ड फ्रेस हाउस नारायणपुरको सहयोग रहेको छ । यस मुभीलाई नियमीत रुपमा निर्माण गरेर यूट्यूवमार्फत सार्वजनिक गरिने निर्देशक अमृतमान वलीले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुेहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*