Home / Feature Breaking news / बुुद्धिचालका कुशल ‘चालक’ दिनेश

बुुद्धिचालका कुशल ‘चालक’ दिनेश

आर.के.शीतल

बुद्धिचाल । सबैले बुझ्ने शब्द चेस तर नेपालीमा बुद्धिचाल । धेरै खेलमध्य एक खेल हो बुद्धिचाल । नामबाटै प्रष्ट छ । बुद्धिचाल अर्थात बुद्धि चलाउने खेल । जसमा एउटा देश नै हुन्छ ।

बुद्धिचालमा राजा, मन्त्री, उट, घोडा, हात्ती र सिपाई हून्छन् । सबैको आफ्नो आफ्नो भूमीका हुन्छ । बुद्धि लगाएर खेलिने यो खेलमा कुशल चालक हुनुपर्छ । कुशल चालक बनेर खेलमा चाल चल्न जान्नुपर्छ । जसका एक कुशल चालक हुन् दिनेश थापा ।

दंगाली युवा दिनेश थापा बुद्धि चाल खेलका कुशल खेलाडी हुन् । बुद्धिचाल अर्थात चेस खेलकालागि जब उनी तयार हुन्छन् । तब उनी चेस बोर्डमा गोटीहरु कुशल रुपमा चलाउछन् । राजालाई बचाउनकालागि उट, घोडा, हात्ती, सिपाही र मन्त्रीलाई खुबै मज्जासँग घुमाउछन् उनी ।

आफ्नो राजालाई बचाउदा विपक्षीको राजालाई आक्रमण गरेर विफल बनाउने चालमा दिनेश अगाडी बढ्न खप्पीस छन् । युद्धबाट देशलाई कसरी बचाउने भन्ने नेतृत्व गर्ने व्यक्तीको हातमा भएको झै खेलमा पनि यो नियम लागु हुन्छ । राजा आफू सुरक्षीत बनेर अरुलाई प्रयोग गरेर विपक्षी राजालाई फेल बनाउन तत्पर हुन्छ ।

1

तर त्यसको परिचालन खेलाडीले नै गर्छ । त्यस्ता खेलाडीमध्य दिनेश पनि एक हुन् । विपक्षीको रणनितीलाई विफल बनाएर आफ्नो रणनिती सफल बनाउनकालागि खेलिने यो खेलमा निश्चीत समय हुन्छ । जुन समयमा आफू सफल हुनुपर्छ । आफू सफल भएरमात्र भएन विपक्षीलाई विफल बनाउनुपर्छ । अत्यधिक मात्रामा दिमाग लगाएर खेल्ने खेल हो यो ।

जुन खेलमा बलले होईन बुद्धिले खेलिन्छ । नेपाली चलचीत्र ‘लुट’ मा हाक्कु कालेको ‘बल होईन पासा दिमाग लगा दिमाग’ डाईलग यो खेलमा प्रयोग हुन्छ ।

बल भन्दा पनि बुद्धिको अत्यधिक प्रयोग गर्नुपर्छ यो खेलमा । शान्त वातावरणमा पक्ष र विपक्ष भएर खेलीने यो खेलमा विपक्षीको दिमागलाई कसरी मात लगाउने र आफू कसरी हावी हुने भन्ने हुन्छ ।

२०३८ साल पुष १७ गते वुवा सुरेशचन्द थापा र आमा रुपादेवी थापाको सात छोरामध्य साईलो छोरा भएर जन्मेका युवा खेलाडी दिनेश सानो छँदा आफूभन्दा अग्रजहरु बुद्धिचाल खेल खेलेको खुबै हेर्थे । मिलन चोक युवा क्लबका युवाहरुसँग खेल्दाखेल्दै हेर्दाहेर्दै खेल्न किेन । उनको खेलको चाल नै आकर्षक थियो ।

अरु भन्दा केही फरक थियो । उनी खेल्दाखेल्दै उत्कृष्ट खेलाडी हुन पुगे । २२ वर्षको हुँदा उनी २०६० सालबाट यो खेल खेल्न सुरु गरेका थिए । उनको खेल देखेर अग्रज जगत थापाले उनलाई राष्ट्रिय बुद्धिचाल खेलमा सहभागी हुन सल्लाह दिए । जगत थापा राष्ट्रिय स्तरको खेल खेलिसकेका थिए ।

उनको सल्लाह अनुसार दिनेश राष्ट्रिय खेलमा सहभागि भए । दिनेश नेपाल बुद्धिचाल संघले आयोजना गरेको प्रथम लुम्बीनी राष्ट्रिय च्याम्पीयनशीप, समृद्ध अन्तराष्ट्रिय रेटिङ टुनामेन्ट, प्रथम कैलाली जिल्ला खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता, सातौ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धी बने । सहभागी भएकामध्य धेरेमा उनी विजेता बने ।

२०७३ सालमा भएको राष्ट्रि खेलकुद प्रतियोगिता अन्तरगत बुद्धिचाल प्रतियोगितामा उनी मध्यपश्चीम विकास क्षेत्रबाट प्रथम भएर राष्ट्रिय खेलमा सहभागी भए ।

राष्ट्रिय खेलमा पनि उनी टप ३ भए । दिनेश नेपाली बुद्धिचाल खेलाडीहरुमध्य १ हजार ५ सय १७ रेटिङमा पर्छन् । विश्व बुद्धिचाल महासंघ (फिडे)ले खेलाडीहरुको रेटिङ निर्धारण गर्छ । रेटिङ प्राप्त गर्नकालागि पनि खेलाडीहरुले धेरै संघर्ष गर्नुपर्छ ।

इो बुद्धिचाल खेल बालबालिकादेखी बृद्धहरुसाग खेल्न सक्ने खेल भएको दिनेश बताउछन् । बुद्धि लगाएर खेलिने यो खेलले बुद्धिलाई तीष्ण बनाउने उनको भनाई छ ।

बलविना खेलिने खेलमध्य यो खेल पनि एक भएको भन्दै उनी यो खेल हरेका विद्यालयमा खेलाइनुपर्ने बताउछन् । अभ्यास विना नै आफुहरु खेल्ने भएकाले पनि प्रतियोगितामा केही समस्या आउने गरेको उनको अनुभव छ ।

राजधानी काठमाडाँै लगायत विकशीत जिल्लामा विद्यालय स्तरिय रुपमा पनि यो बुद्धिचाल खेल हुने भएकाले दक्ष खेलाडीहरु उत्पादन हुने गरेको उनी बताउछन् ।

तर दाङमा धेरै बालबालिकालाई यो खेलबारे थाहा नै नहुने गरेको थापाको भनाई छ । ‘हाम्रो यहाँ दाङमा यो खेलको बारेमा धेरैलाई थाहा नै छैन, त्यसैले खेलाडी उत्पादन गर्न सकेका छैनौ’ उनले भने– ‘काठमाडौँतिर अर्थात विकशीत जिल्लाहरुमा भने विद्यालयमा यो खेल अन्य खेलजस्तै सिकाउने गरिन्छ ।’

दाङ त रमाईलोकालागि खेल्दाखेल्दे खेलाडीहरु उत्पादन हुने गरेको उनको अनुभव छ । बुद्धि तिष्ण बनाउनकालागि खेलिने यो खेल सबै समूह उमेरका व्यक्तीहरु खेल्न आवश्यक भएको उनीको भनाई छ ।

‘दिमागकालागि अर्थात बुद्धि तिष्ण बनाउनकालागि यो खेल आवश्यक छ’ उनले भने– ‘हरेक समूह बालबलिकादेखी युवा वृद्ध सबैकालागि यो खेल योग्य छ ।’

बुद्धिचाल खेललाई विकास गर्नकालागि सबैको खेल बनाउने उद्धेश्यकासाथ २०७२ सालमा बुद्धिचालका खेलाडीहरु एकतृत गरेर ‘दाङ जिल्ला बुद्धिचाल संघ’ स्थापना गरियो । जसको अध्यक्ष दिनेश थापा नै छन् ।

यो खेलको विकासकालागि विगत ३ वर्षदेखी बुद्धिचाल संघ लागिपरेको छ । तर खासै सहयोग भने पाउन सकेको छैन । ‘विद्यालय स्तरिय बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्ने योजनामा रहेको यो संघलाई सम्बन्धीत क्षेत्रबाट सहयोग भएन ।

खेलसँग सम्वन्धीत संघसंस्था एवं स्थानीय तहले पनि यो खेलकालागि सहयोग नगरेको संघको भनाई छ । जसले गर्दा अहिलेसम्म पनि यो प्रतियोगिता हुन सकेको छैन ।

खेलकुद परिषद्ले यो खेललाई खासै ध्यान दिन नसकेको दिनेशको भनाई छ । ‘हामीले यो खेलको विकासकालागि बुद्धिचाल स्थापना पनि ग¥यौ, प्रतियोगिता पनि आयोजना गर्न खोज्यौ’ उनले भने– ‘तर सम्बन्धीत क्षेत्रबाट खासै सहयोग पाएनौँ । त्यसैले अहिलेसम्म प्रतियोगिता गर्न सकेका छैनाँै ।’

हरेक व्यक्तीकालागि आवश्यक यो खेललाई विकास गर्न आवश्यक रहेको उनको भनाई छ । जसकालागि स्थानीय तहदेखी सरकारी क्षेत्र, राष्ट्रिय खेलकुद परिषद् लगायतका सम्वन्धीत क्षेत्र एवं निजी क्षेत्रहरु पनि यो खेलको विकासकालागि लागिपर्ने आवश्यक रहेको थापा बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*