Home / समाचार / उपमहानगरपालिकाले नसुनेपछि आँफै सरसफाई, दुई महिनादेखी बन्द रहेको नाला क्लीयर (तस्वीरहरु)

उपमहानगरपालिकाले नसुनेपछि आँफै सरसफाई, दुई महिनादेखी बन्द रहेको नाला क्लीयर (तस्वीरहरु)

दाङ, १ भदौ

घोराही बजारको शुक्रवार सरसफाई गरिएको छ । घोराहीको सहिद गतेदेखी जिल्ला प्रशासन कार्यालय जाने सडकसण्डको सरसफाई गरिएको हो ।

IMG_0020

सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा जिल्ला प्रहरी कार्यालय दाङ र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीसँगको सहकार्यमा सररसफाई गरिएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको नेतृत्वमा सरसफाई गरिएको थियो ।

IMG_0025

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतम र गोपाल रायमाझीको नेतृत्वमा र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका सञ्जु केसी, तिलक वली र ईराक घर्ति मगरको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको थियो ।

IMG_0033

सरसफाई कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतल, सह–सचिव केवि घर्ति मगर, कोषाध्यक्ष कैलाश रोका मगर र सदस्य बसन्त पुनको पनि सहभागिता रहेको थियो ।

IMG_0035

यस सडकमा वरिपरी दुई महिनादेखी बन्द रहेको नाला सफाई गरिएको थियो । साल्ट्र ट्रेडिङको जग्गामा सवारी साधन जानकालागि नाला बन्द गरिएपछि दुई महिनादेखी बन्द रहेको नालाले दुर्गन्ध फैलिएको थियो । जसले गर्दा सो सडक भएर हिड्नेहरुलाई नाक बन्द गरेर हिड्नुपर्ने बाध्यता थियो ।

IMG_0049

उपमहानगरपालिकालाई पटक–पटक जानकारी गराउदा पनि नाला सफाई नभएपछि जिल्ला प्रहरी कार्यालय र ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरको सहयोगमा नाला सफाई गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो ।

1

‘यहाँ नाला बन्द भएको करिब २ महिना भईसकेको थियो । दुर्गन्ध एकदमै थियो’ अध्यक्ष पुनले भन्नुभयो– ‘हामीले पटक पटक उपमहानगरपालिकालाई भन्यौ तर सुनेन, अनि आँफै सरसफाईमा लागेका छौ ।’

IMG_0040

शुक्रवार नाला सफाईसँगै सडक वरिपरीका झाँडीहरु पनि सफाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*