Home / Feature Breaking news / ‘बन्द छन् घोराहीका नाला, नालाको फोहोर कहिले जाला’

‘बन्द छन् घोराहीका नाला, नालाको फोहोर कहिले जाला’

दाङ, ३० साउन

बर्षाको समयसँगै घोराही उपमहानगरपालिका भित्रका नालाहरु बन्द हुने गरेका छन् । स्मार्ट सिटीको नाराकासाथ अगाडी बढेको उपमहानगरपालिकाको घोराही बजार क्षेत्रका मुख्य स्थानहरुमा नाला बन्द हुने गरेका छन् ।

वर्षाको पानी पास हुन नसकेर नाला बन्द भएपछि दुर्घन्ध फैलने गरेको छ । घोराही बजारको बैंक रोड, जिवीस रोड लगायतका स्थानमा नालाहरु बन्द हुने गरेको स्थानीयबासीहरु बताउछन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ को जिवीस रोडको नाला भरिएर पानी पास नभएको करिब एक महिना भन्दा धेरै भईसक्यो तर त्यसको सफाई हुन सेकेको छैन ।

सहिद गेट हुदैँ बजार क्षेत्रको फोहोर पानी सोही नाला हुदैँ बग्ने गर्छ तर कर्मचारी मिलन केन्ददेखी दक्षीणतर्फको रहेको साल्ट्र ट्रेडिङको खुल्ला मैदानमा सवारी साधन आवतजावतकालागि नाला बन्द गरेर बाटो बनाईएको छ ।

जसले गर्दा नाला पूर्ण रुपमा बन्द छ । ठुलो बर्षा हुदाँ पानी सोही नालाबाट पास हुन नसक्दा सडकबाट बग्ने गर्छ । त्यहाँ फोहोरको थुप्रो रहेको जसे वरिपरि दुर्घन्ध फैलाएको छ । सामुदाकिय प्रहरी सेवा केन्द्रको कार्यालय छेउमा पानीसँगै जम्मा भएको फोहोरले दुर्घन्ध फैलाएको केन्द्का अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो ।

‘यो फोहोर हेर्नुस् त महिनाभन्दा धेरै भईसक्यो नाला बन्द भएको पानी पनि पास हुदैन’ उहाँले भन्नुभयो– ‘हाम्रा स्मार्ट सिटीका नालाहरुको बेहाल छ, जनप्रतिनीधीहरु अर्थात उपमहानगरपालिकाको ध्यान कहिले जाने हो ?’ यस बारेमा पटक पटक जानकारी गराउदा पनि नाला सफा नभएको उहाँको भनाई छ ।

यो बाटो भएर हिड्नेहरु नालाको दुर्घन्धले नाक बन्द गरेर हिड्ने गर्छन् । ‘उपमहानगरपालिकाका मेयर उपमेयर, वडअध्यक्ष आउने जाने बाटो पनि यँही हो तै पनि यो बेहाल देख्नुहुन्न ।’ सोही बाटो भएर हिड्दै गरेका प्रभुनाथ चौधरीले भने– ‘हुन त झ्याल बन्द गरेर एसी लगाएर चिल्ला गाडीमा हिड्नेहरुलाई के थाहाँ ।’

घोराही उपमहानगरपालिकाका सरसफाई संयोजक शक्तीराम डाँगीले यस बारेमा आफुहरुलाई जानकारी नभएकाले सफा हुन नसकेको बताउनुहुन्छ । ‘यस्तो भाको छ भनेर हामीलाई थाहा नै थिएन अब जानकारी पाँए’ उनले भने– ‘नालाको बारेमा टोल विकास समितिले जानकारी दिन्छ हामीलाई त्यहा खुल्ला बाटो भएकाले कसैको ध्यान नपुगेको हुन सक्छ । हामी तत्काल सफ ागर्न लगाईहाल्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*