Home / समाचार / विप्लव बन्द : हालसम्म कहाँ के-के भयो ? बम विष्फोटदेखि स्कुल बस आगजनीसम्म

विप्लव बन्द : हालसम्म कहाँ के-के भयो ? बम विष्फोटदेखि स्कुल बस आगजनीसम्म

काठमाडौँ, २९ साउन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्दको प्रभाव उपत्यकामा नगन्य परेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा सो पार्टीले बन्द आब्हान गरेपनि उपत्यकाका सार्वजनिक सवारी साधनमा त्यसको प्रभाव देखिएको छैन ।

ट्राफिक प्रहरीका अनुसार सार्वजनिक सवारीका साधन विहानैदेखि निर्वाध रुपमा सञ्चालन भैरहेका छन् । वन्दमा कुनै अप्रिय घटना नहोस भनेर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दकर्ताहरुले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा विहानै राखेका शंकास्पद बस्तु सुरक्षाकर्मीले निस्कृय पारेका छन् ।

भक्तपुरको सूर्यविनायक, आदर्श चोक र लोकन्थलीमा राखिएका प्रेसर कुकर बम सेनाले निस्कृय पारेको हो । अज्ञात समूहले ललितपुुरको ग्वार्को, थसिखेल र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु सुरक्षाकर्मीले निस्कृय पारेका हुन ।

त्यस्तै काठमाडौं नैकापमा राखिएको बम पनि सेनाले निस्कृय पारेको छ । शैक्षिक संस्थामा भने बन्दको प्रभाव देखिएको छ । विद्यालय र कलेजहरु सञ्चालनमा आएका छैनन् । उपत्यका बाहिर भने वन्दको प्रभाव देखिएको छ । रुपन्देहीको सैनामैना नगरपालिका पाँच स्थित बुद्धनगरको पुलमा भेटिएको शंकास्पद बस्तु पनि सेनाले निस्कृय बनाएको छ ।

बुटवलको फुलबारीमा भारतीय पेन्सन क्याम्पको ट्वाइलेटमा गएराति बम विस्फोट भएको छ । बाजुराको बडिमालिका नगरपालिकाको गेटमा राखिएको शंकास्पद बस्तु सेनाले निस्कृय बनाएको छ । बन्द आब्हानका कारण तराइका जिल्लाहरुमा सवारी साधन निक्कै कम चलेका छन् । बजार कलकारखाना र शिक्षण संस्थाहरु बन्द छन् ।

त्यस्तै मकवानपुरको टिष्टुङमा एक स्कुल बसमा आगजनी भएको छ । भन्सार छुटाएर काठमाडौँ लैजादै गरेको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ । बस पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । साथै नेपाल पत्रकार महासंघ झापाको कार्यालय नजिक बम बिष्फोट भएको छ । बम बिष्फोट बारे थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रहरीले नेकपाका आर्थिक विभाग प्रमुखसमेत रहेका विश्वकर्मालाई ८ करोडभन्दा बढी चन्दा असुलीको आरोपमा गत साता पक्राउ गरेको थियो । पार्टीको १३ सदस्यीय पोलिटब्युरो समितिका पाँच जना अहिले हिरासतमा छन् । पार्टी प्रमुख चन्द सहितका नेता भने भूमिगत छन् ।

एभिन्यूज खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*