Home / Feature Breaking news / बाढीका कारण दाङमा यातायात ठप्प

बाढीका कारण दाङमा यातायात ठप्प

दाङ, २८ साउन

आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा सोमबार बिहानदेखि लमही—तुलसीपुर सडकमा यातायात ठप्प छ ।

लमही—तुल्सीपुर सडकखण्ड अन्तरगत बबई नदि, पत्रेखोला, सग्राम खोला, ग्वारखोला, गुर्जे खोला, कटुवा खोला, लगायतका खोलामा बाढी आएका कारण सवारी साधन चलेका छैनन् । बाढीका कारण सबैभन्दा बढि मोटरसाइकल चालकहरु मारमा परेका छन् ।

खोलामा मोटरसाइकल जोखिम मोलेर र्डोयाएर तार्नु पर्ने बाध्यता रहेको मोटरसाइकल चालकको गुनासो छ । दैनिक जस्तै आउने बाढीमा मोटरसाइकलहरु दिनहुँ जसो खोलामा पल्टने गरेका छन् । जनधनको क्षति हुन नदिन बाढी आउनेबित्तिकै प्रहरीले खोलाको दुवै किनारमा पहरा दिने गरेको छ ।

दाङको लमही(तुलसीपुर सडकमा पर्ने दश ओटा खोला मध्ये ९ ओटा खोलामा पुल नहुँदा यात्रु तथा सवारी साधनले वर्षौदेखी सास्ती खेप्दै आएका छन् । पुल भएको काला खोलामा पनि समयसमयमा ठुलो बाढी आउदा यातायात बन्द हुने गरेको छ ।

नदी आसपासमा चेतावनीको साइरन

निरन्तर वर्षाको कारण राप्ती नदीमा बाढी बढेपछि  सोमबार बिहानैदेखि चेतावनीको साईरन बजाइएको छ । निरन्तर पानी परेकाले राप्ती नदीको चर्नेटा, बागास्वोती, कुशुममा जलसतह बढ्दै गएपछि चेतावानीको साइरन बजिरहेको छ ।

नदि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचन प्रवाह गरी सावधानी अपनाउन जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले आग्रह गर्नुभयो । साना खोलाहरुको बहाब तीव्र वृद्धि भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*