Home / Feature Breaking news / तीन दिन बर्षा हुने, सचेत रहन मौसम विभागको सुझाव

तीन दिन बर्षा हुने, सचेत रहन मौसम विभागको सुझाव

दाङ, २८ साउन

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। विभागले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न समेत सुझाएको छ।

विभागले जारी गरेको बुलेटिनमा आज दिउँसो र राती देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जनाइएको छ। विभागले पूर्वका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। त्यस्तै मध्य नेपालका थोरै र पश्चिमका केही स्थानमा पनि भारी वर्षा हुने अनुमान छ। मंगलबार दिउँसो र राती देशभर सामान्य तथा पूर्ण बदली रहि केही स्थानमा हल्का र मध्यम बर्षा हुने उल्लेख छ। बुधबार पनि वर्षा जारी रहने बुलेटिनमा उल्लेख छ।

विभागले कन्काइ, कमला, बागमती, पूर्व राप्ती, तीनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायतका नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदीहरुले सर्तकर्ता तह पार गर्न सक्ने बताएको छ। तर यी नदिहरुले खतरा तह पार गर्ने सम्भावना नरहेको पनि जनाए। कोसी नदिले आज साँझ ५ बजेदेखि चतरा आसपास क्षेत्रमा सर्तकर्ता तह पार गर्ने विभागले बतायो। विभागले भोलीसम्मै कोसी नदी सर्तकर्ता तह माथि रहने भएपनि खतरा तह पार नगर्ने जनाएको छ।

‘प्रदेश १ र २ को चुरे क्षेत्रबाट बहने लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बुढी, बिरिङ, मेची लगायतका नदीमा उच्च जोखिम रहेको छ। प्रदेश ३ र ४(गण्डकी), प्रदेश ५ र ६ को तराई क्षेत्रमा मध्यम बाढीको जोखिम छ’, विभागको बुलेटिनमा भनिएको छ।

‘तराईका होचा स्थान डुबान हुन सक्छ। सतर्कता अपनाऔँ’, विभागले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*