Home / मनोरञ्जन / घोराहीमा हुने तीज महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति

घोराहीमा हुने तीज महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति

दाङ, २६ साउन

हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा हुने ‘तीज िविशेष सांस्कृतिक महोत्सव २०७५’ मा चर्चीत कलाकारहरुको प्रस्तुति रहने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा भदौ १५ देखी २७ गतेसम्म हुने तीज सांंस्कृतिक महोत्सवमा दैनिक हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चीत कलकारहरुको प्रस्तुति रहने भएको हो ।

महोत्सवमा नेपाली चलचीत्र क्षेत्रका चर्चीच नायिका रेखा थापा, नायक विर।ाज भट्ट, नायीका स्वेता खड्का, कलकारहरु चन्द्र शर्मा, बद्रि पंगेनी, पशुपति शर्मा, रामजी खाँण, राधिका हमाल, टीका पुन, दुर्गेश थापा, कमल गाँउले, कृष्ण रेउले, प्रीति आले लगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांंस्कृतिक उपसमितिका संयोजाक राजेन्द्र दाहालले जानकारी दिए । यस्तै कलाकारहरु ज्योति मगर, अमृता लुंगेली मगर, करिश्मा ढकाल, शान्ती श्री परियार, प्रकाश सपुत, अशोक दर्जी, टंक तिमल्सीना, गोपाल नेपाल जीएम, सन्दीप न्यौपाने, यादव योगी, प्रम शर्मा, देवकला बस्नेत, प्रकाश प्रीय कुसुम्या, देवेन्द्र बस्नेत, सरद समीप, टोपेन्द्र विष्ट, पतिाम्बर रिजाल, खड्ग शर्म, केशव रावत, प्रेम विवश घर्ति, रामसिंह बिक लगायतका कलाकारहरुको दैनिक प्रस्तुति रहने उनले जानकारी दिए ।

महोत्सवमा दैविक स्थानीय डान्स एकेडेमीहरुको प्रस्तुति रहने छ । नयाँ प्रतिभाहरुलाई पनि महोत्सपवमा स्थान दिने सांस्कृतिक उपसमितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*