Home / Feature Breaking news / मापसे कारवाहीमा मोटरसाइकल चालक बढी

मापसे कारवाहीमा मोटरसाइकल चालक बढी

विमला घर्ति

दाङ, २६ साउन

जिल्लामा भर्खर सकिएको आर्थिक बर्षमा सात सय १२ सवारी साधन मापसे गरी चलाइएको भन्दै मोटरसाईकल चालकलाई कारबाही गरिएको छ ।

जसबाट सात लाख १२ हजार रुपैँया राजस्व संकलन गरिएको छ । जसमा मापसे कारवाहीमा पर्नेहरुको मोटरसाईकलको संख्या अत्याधिक देखिएको छ ।

ट्राफिक कार्यालयका अनुसार छ सय छ वटा मोटरसाईकल मापसे गरी सवारी चलाएको बिषयमा कारवाहीको भागिदार बनेका छन् ।

कार्यालयका अनुसार सात वटा बस, १८ वटा ट्रक, ३१ वटा जिपकार, २७ वटा टेक्टर, २३ वटा टेम्पो मापसे गरी चलाएको भन्दै कारवाही गरिएको छ । पछिल्लो समयमा ट्राफिक चेकजाँचलाई बढाएका कारणपनि कारवाहीको संख्या संगै राजस्वमा बृद्धि भएको हो ।

घोराहीमा धेरै राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी राजस्व संकलन घोराहीमा भएको छ । घोराहीमा ७३ लाख ३९ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको जानकारी दिइएको छ ।

उता ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा ५७ लाख ९९ हजार, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङमा २७ लाख ८३ हजार, अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीमा ३५ लाख ८४ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*