Home / मनोरञ्जन / नरेश र मेक्समको चिन्ता ‘अञ्जलीलाई लान्छकी भैरेले’

नरेश र मेक्समको चिन्ता ‘अञ्जलीलाई लान्छकी भैरेले’

दाङ, २५ साउन
नेपाली संगित क्षेत्रमा अब्बल गीत लेखनीको सुचीमा अटाएका नरेश खाती । अब्बल गायकीको मात पस्कीरहेका गायक मेक्सम खाती । खातीद्धयको संगित सहयात्राले धेरै बर्ष पार गरिसकेको छ । खारिँदै गएको संगित सृजनाले दुबै खातीको अब्बलता झनै चुलिँदै गईरहेकै छ । खातीद्धय संगितका सहयात्री मात्रै हैनन्, सहोदर दुई दाजु भाईको सशक्त संगित यात्राले पारिवारीक संगित मोहको उदाहरण समेत पस्कीरहेको छ ।

मुलतः लोक तथा दोहोरी गीतमा जम्छन् यि दाजु भाई । झ्याउरे भाका टिपेर गीत लेखनीमा अब्बल नरेशको सृजनामा उत्तिकै मिठार स्वर भरेर मेक्समले गीतलाई पूर्णता दिलाईदिन्छन् । त्यसोत नरेश नेपाली संगितमा ‘अल ईन वान’ श्रष्टा हुन् । लेखन र संगित संगै आँफूलाई गाकी र मोडलका रुपमा समेत कलाकारीता क्षेत्रमा दह्रो रुपमा उभ्याउन सकेका छन् उनले ।

बर्षौँ अघि देखिको दुईदाजु भाईको संगित सहयात्राले यसपटकको तीज पर्वलाई समेत रमणीय बनाईदिएको छ । तीजको मौलिकतालाई टिपेर सुशीला केसीको लेखनमा रहेको गीतमा नरेशले संगित भरेका छन् भने आवाजमा मेक्समले दम भरेका छन् । मेक्समलाई गायकीमा पूर्णकला बिसी र सुशीला केसीले साथ दिएका छन् । विहिवार सार्वजनिक भएको ‘लान्छ की भैरेले’ बोलको तीज गीतले अहिले तीज बजारलाई पिट्ने लख काटिएको छ । दमदार नृत्य समावेश गरर निर्माण गरिएको भिडियोमा मेक्सम स्वयंले नृत्यकौशलता प्रस्तुत गरेका छन् । मेक्सम संगै अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले आफ्नो नृत्यका अब्बलतालाई पोखेकी छिन् । अञ्जली नेपाली संगित क्षेत्रकी नामी मोडलका रुपमा अहिले आँफुलाई स्थापीत गरेकी कलाकर्मी हुन् । नृत्यमा अब्बल उनको अभिनयको जादुले समेत अञ्जलीलाई कलाकारीता क्षेत्रमा बलियो खम्बाकै रुपमा स्थापित गरिदिएको छ । अञ्जलीले ‘लान्छ की भैरेले’बोलको गीतमा पनि उत्तिकै सशक्त नृत्य प्रस्तुत गरेर आफ्नो अब्बलताको थप बलियो परिचय दिएकी छिन् । भिडियोको निर्देशन मोसम हिमालीले गरेका छन् ।

हेरोँ गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*