Home / समाचार / एसपी दुर्गा सिंहको दाङमा भव्य विदाई

एसपी दुर्गा सिंहको दाङमा भव्य विदाई

दाङ, २३ साउन

नेपाल प्रहरीका प्रहरी उपरिक्षक दुर्गा सिंह वुधवार दाङबाट विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर एक वर्ष अगाडी आउनुभएका सिंह सरुवा भएर जानलाग्नुभएसँगै दाङका विभिन्न संघसंस्थाहरुले विदाई गरेका हुन् ।

दाङबाट विदाई भएर जान लाग्नुभएका सिंहलाई जिल्ला प्रहरी कार्यालय दाले पनि एक कार्यक्रमको आयोजना गरि वुधवार विदाई गरेको छ । कार्यालयले एक औपचचरिक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक सिंहले दामा रहदा एक वर्षको अवधिमा सम्पूर्ण दंगालीहरुले साथ र सहयोग गरेको बताउनुभयो । उहाँले एक वर्षको अवधीमा दंगालीको भावनासँग आप्mनो भावना पनि जोडिएको भन्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले आफ्ना प्रहरी युनिटहरु लगायत सिनियर प्रहरी अधिकृतदेखी प्रहरी जवानसम्मका सम्पूर्ण प्रहरी कर्मचारीहरुको ईमान्दारिता र लगनशिलताले एक वर्षको अवधीमा आफ्नो दाङ बसाई स्मरणयोग्य भएको बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षकहरु रामप्रसाद घर्ति र प्रकाश सापकोटाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले एसपी सिंंह दाङमा रहदा शान्ति सुरक्षा कायम गर्नकालागि महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

उनीहरुले भौतिक पूर्वाधार निर्माणदेखी प्हरी संगठनलाई चुस्त दुरुस्त बनाउनकालागि सिंहको नेतृत्वदायी भूमीका महत्वपूर्ण रहेको बताएका थिए । साथै प्रहरी कर्मचारीहरुले नेतृत्वमा अब्बल रहेको भन्दै प्रशंंसा गरेका थिए ।

साथै वितेको एक वर्षको समयमा महत्वपूर्ण निर्वाचनहरु सम्पन्न गर्नकालागि सुरक्षा क्षेत्र मजबुद बनाउन पनि सिंह सफल भएको सहभागीहरुले बताएका थिए । कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक राजन गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण इकाईका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*