Home / Feature Breaking news / सामुदायिक प्रहरी केन्द्रद्वारा एसपी दुर्गा सिंहको विदाई

सामुदायिक प्रहरी केन्द्रद्वारा एसपी दुर्गा सिंहको विदाई

दाङ, २३ साउन
सामुदायिक प्रहरी सेवा केन्द्र दाङले प्रहरी उपरिक्षक दुर्गा सिंहलाई विदाई गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर एक वर्ष अगाडी दाङ आउनुभएका सिंह सरुवा भएर जानलाग्नुभएसँगै सामुदायिक प्रहरी सेवा केन्द्रले विदाई गरेको हो ।

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले एसपी सिंंह दाङमा रहदा शान्ति सुरक्षा कायम गर्नकालागि महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले भौतिक पूर्वाधार निर्माणदेखी प्हरी संगठनलाई चुस्त दुरुस्त बनाउनकालागि सिंहको नेतृत्वदायी भूमीका महत्वपूर्ण रहेको बताएका थिए ।

साथै वितेको एक वर्षको समयमा महत्वपूर्ण निर्वाचनहरु सम्पन्न गर्नकालागि सुरक्षा क्षेत्र मजबुद बनाउन पनि सिंह सफल भएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकाररु भुपेन्द्र सुवेदी, निशान्त आचार्य, दिपक शर्मा, उपाध्यक्ष कृष्णा राना, सचिव आर.के.शीतल, कोषाध्यक्ष कैलाश रोका लगायतले सामुदायिक सेवा कैन्द्रसँगको समन्वयमा एसपी सिंंह सफल भएको बताएका थिए । कार्यक्रमको सहजिकरण केन्द्रका सहसचिव केलबहादुर घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*