Home / समाचार / सांकेतिक विरोध स्वरुप विद्यार्थीले कलेजको कम्पाउण्डमा धान रोपे

सांकेतिक विरोध स्वरुप विद्यार्थीले कलेजको कम्पाउण्डमा धान रोपे

काठमाण्डौ,२२ साउन । काठमाण्डौको हिकाष्ट कलेजको कम्पाउण्डमा हिलाम्य भएपछि विद्यार्थीहरुले विरोध स्वरुप कलेजको कम्पाउण्डमा धान रोपेका छन ।

hikast
कलेजको कम्पाउण्डमा ग्राभेल नहुदा बर्षातको समयमा पानी जम्ने र हिलाम्य हुने समस्या रहेको छ ।

कम्पाउण्ड हिलाम्य हुदा विद्यार्थीहरुलाई पढ्न जादा अप्ठेरो हुन थालेपछि विद्यार्थी संगठनहरुले कम्पाउण्डमा ग्राभेल गर्न पटक पटक कलेज प्रशासनलाई आग्रह गरेका थिए ।ddf

तर कलेज प्रशासनले विद्यार्थीहरुको मागलाई बेवस्था गरेपछि कलेजमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुले मंगलवार सांंकेतिक विरोध स्वरुप धान रोपेको कलेजका विद्यार्थी शुलभ बैध्यले जानकारी दिए ।

‘कलेजको कम्पाण्डमा ग्राभेल गर्नका कलेजलाई दवाफ स्वरुप विद्यार्थीहरुले कलेजको कम्पाण्डमा धान रोपेका हौ’,वैध्यले भने । अझै पनि कलेजले माग सम्वोधनमा ध्यान नदिए दवाफका लागि थप कार्यक्रमहरु गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*