Home / Feature Breaking news / सालघारीमा ‘हिलपार्क’

सालघारीमा ‘हिलपार्क’

लिलाधर वली
दाङ,२२ साउन । घोराही उपमहानगरपालिका–१८ सालघारीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८को पहलमा घोराहीको बजारदेखि करिव दुई किलोमिटर पूर्वमा रहेको सालघारी क्षेत्रको करिव ढाई विगाह जमिनलाई हिलपार्कका रुपमा विकास गर्न थालिएको छ ।
पार्क निर्माणका लागि गतआर्थिक बर्षदेखि पूर्वाधार निर्माणको काम थालनी गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

सालघारीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न घोराही उपमहानगरपालिकाले गतआर्थिक बर्षमा १८ लाख रुपैयाको लगानीमा बेलघारीदेखि सालघारीसम्म सडक विस्तारसँगै सालघारी क्षेत्रमा चढ्नका लागि रेलिङसहितको पक्की सिढी समेत निर्माण गरिएको घोराही उपमहानगरपालिकाका वडा नं. १८ का वडाअध्यक्ष भरत अर्यालले बताए ।

dd
‘ मर्निङवाकमा निष्कने मानिसहरु पनि पुग्न सकिने र बिहानै उचाईमा चढ्दा स्वास्थ्यलाई समेत फाईदाहुने देखिएपछि हामीहरुले उक्त क्षेत्रलाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने सोच बनाएको हौ’,वडाअध्यक्ष अर्यालले भने ‘गतबर्ष सडकको ट्रयाक निर्माण गर्नेदेखि सिढी निर्माणको काम गरेका छौँ ।’

यसबर्ष वडावाट दश लाख रुपैया छुट्याइएकाले थप सिढी निर्माणसँगै भएमा सोतामा सानो झुोलुङगे पुल निर्माण गरिने भएको छ । बजारदेखि नजिकै जंगल क्षेत्र रहेकाले उक्त स्थानलाई शान्ति पार्कका रुपमा समेत विकास गर्न सकिने अर्याल बताउछन । सालघारी क्षेत्रमा पार्क निर्माणसँगै सालघारीलाई घोरदौरासँग जोड्ने गरि सिटी समेत निर्माण गरिने छ । जंगली क्षेत्रमा टे«किङ गर्न चाहने र घोरदौरालाई सालघारीसँग जोड्दै पर्यटकीय दृष्टिकोणले विकास गर्ने योजना वडाले बनाएको अध्यक्ष अर्यालले बताए ।
सालघारी क्षेत्रलाई हिलपार्कका रुपमा विकास गर्ने गरि पार्क निर्माणको काम सुरु भएको घोराही उपमहानगरपालिका इन्जिनियर रामधन श्रेष्ठले बताए । सहरी क्षेत्रको कोलाहल युक्त बातावरणवाट मानिसहरुलाई शान्तिसँगै जंगली क्षेत्रमा मनोरञ्जन लिने गरि १८ वडाले गरेको प्लानिङ अनुसार पार्क निर्माणको काम सुरु भएको श्रेष्ठले बताए । जनताहरुको माग अनुसार सालघारीको करिव ढाई विगाह जमिनमा पार्क निर्माणका लागि सडक खन्ने,पक्की सिढी निर्माणलगाएत्को काम भैइसकेकाले चालुआर्थिक बर्षमा प्रतिक्षालय, पार्कसम्म खानेपानीको व्यवस्था, पिकनिक स्पोर्टका लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम गरिने इन्निियर श्रेष्ठले बताए ।

उनका अनुसार उक्त क्षेत्र पुग्ने मानिसहरु शान्त वातावरणमा आराम लिन पाउने, जंगली क्षेत्रको अवलोकन,कृतिम जलाशयलगायत घोरदौरा पुग्न सके दाङ उपत्यकाको अवलोकन गर्न सक्ने छन । यसैविच घोरदौरा र सालघारीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने गरि प्रदेश सरकारले चालुआर्थिक बर्षमा २ करोड रुपैया विनियोजन गरेको छ । उक्त रकमवाट घोरदौरामा साँस्कृतिक डवली निर्माणसँगै सालघारी–घोरदौरालाई जोड्ने काम गरिने वडाअध्यक्ष अर्यालले बताए । त्यसँगै वडाले राज्यसँगै पार्क निर्माणमा निजी क्षेत्रको पनि सहभागिता गराउने गरि दाङ उद्योग बाणिज्य संघ, होटल व्यवसायी समिति, निर्माण व्यवसायीलगायतका विभिन्न संघसस्थाहरु समन्वयनका लागि पहल गरिरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*