Home / समाचार / मृगौला पीडित रोकाको उपचारमा आर्थिक अभाव

मृगौला पीडित रोकाको उपचारमा आर्थिक अभाव

दाङ, २१ साउन । घोराही उपमहानगरपालिका वडा नम्वर १९ सैघा खानीगाँउँ निवासी केशरमान रोकाको दुवै मृगौलामा समस्या देखा परेकाले उपचारमा सहयोग गरिदिन परिवारले सवैमा आग्रह गरेको छ । उनकी श्रीमती विमला रोकाले आफनो परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगका लागि सवैमा आग्रह गरेकी हुन ।

रोकाको हाल काठमाडौ टिचीङ अस्पतालमा उपचार भइ राखेको छ । उनको मृगौला प्रत्यारोपन गर्नु पर्ने भएकाले धेरै रकम लाग्ने तर आफुहरुको आर्थिक अवस्था ज्यादै कमजोर रहेकाले उपचारमा सहयोग गर्न सवैमा श्रीमती बिमलाले सवैमा आग्रह गरेकी हुन । रोकाको उपचारमा हालसम्म करिव १५ लाख रकम खर्च भइ सकेको विमलाले जानकारी दिइन ।

सहयोगी गर्न चाहने सहयोगी दाताहरुले पीडितकी श्रीमती विमलाको मोवाइल नं ९८६९८७४०२७ मा सम्पर्क गर्न समेत आग्रह गरेकी छिन ।
रोकाको उपचारको लागि जिल्लामा सहयोग रकम उठाउन थालिएको छ ।

नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा न १९ का इकाइ सभापति ज्ञानवहादुर रायमाझीको नेतृत्वमा जगत घर्ति, यज्ञराज खत्री र बमवहादुर खडका मिलेर सामाजिक सञ्जालदेखि व्यक्तिसंग भेटेर सहयोग उठाइ रहेका छन् । हालसम्म करिव १ लाख रकम जम्मा गरीएको रायमाझीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*