Home / Feature Breaking news / बेमौसमी तरकारी उत्पादन न्यून, करडौँको तरकारी भित्रन्छ दाङमा

बेमौसमी तरकारी उत्पादन न्यून, करडौँको तरकारी भित्रन्छ दाङमा

बिमला घर्ती
घोराही, २१ साउन

दाङमा आवश्यकता अनुसारको प्रयाप्त तरकारी उत्पादन हुन सकेको छैन् । जसका कारण वाहिर जिल्ला तथा भारतवाट तरकारी आयात हुने गरेको छ । घोराही उपमहानगरपालिका १४ मा रहेको तरकारी बजारमा अधिकांश तरकारी वाहिर जिल्ला लगायत भारतवाट आउने गरेको छ ।

अहिले तरकारीको बेमौसमी समय भएकाले पनि वाहिरबाट आएको हरियो तथा अन्य तरकारीले वजार धानिरहेको छ । कृषकले बेमौसमी रुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो । जिल्लामा सात देखि १० प्रतिशत सम्म मात्र तरकारी उत्पादन हुने गरेको छ । मंसीर, पुस, माघ, फागुन महिनामा तरकारीको मौसम भएको भएपनि अन्य समयमा भने तरकारी उत्पादन हुन नसकेको घोराहीको तरकारी बजार संचालक समितिले बताएको छ ।

गत चार महिनामा मात्र १२ हजार दुई सय टन तरकारी घोराहीमा भित्रिएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७४÷०७५ को चैत महिनामा दुई हजार पाँच सय २० दशमलव ६८ मेट्रिक टन, बैशाखमा तिन हजार एक सय ७४ दशमलव ५७ मेट्रिक टन, जेठमा तीन हजार सात सय ८४ दशमलव दुई मेट्रिक टन तथा असार महिनामा दुई हजार नौ सय ३९ दशमलव ७४ मेट्रिक टन तरकारी तरकारी बजारमा आयात भएको बजार व्यवस्थापन समितिले बजारको छ । यसरी हेर्दा दाङमा करडौको तरकारी बाहिरी जिल्ला एवं छिमेकी देश भारतबाट भित्रने गरेको छ ।

कृषि उपज बजार संचालक समितिका अनुसार बर्षेनी तरकारी आयातको संख्या बढीरहेको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा करिव ३३ हजार तीन सय ३४ मेट्रिक टन तरकारी बजारमा भित्रिएको थियो । भारतका लगाएत देशका सल्यान, रोल्पाका बिभिन्न ठाउँ, नारायण घाट, लगाएतका स्थानहरुवाट तरकारी आयात भैरहेको छ । साथै सिजनमा जिल्लावाट ९० प्रतिशत तरकारी निर्यात गर्ने गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*