Home / समाचार / बजारमा अत्याधिक बिषादीयुक्त तरकारी

बजारमा अत्याधिक बिषादीयुक्त तरकारी

विमला घर्ति
दाङ, २१ साउन

जिल्लामा उत्पादन हुने तरकारी तथा आयात हुने तरकारीमा अत्याधिक मात्रामा बिषादी हुने गरेको पाइएको छ । बिषादी रहीत तरकारी उत्पादनमा कृषक जागरुक नहुँदा उपभोक्ताहरुले तरकारी संगै बिषादी खाने गरेका छन् ।

बिषादी रहित तरकारी उत्पादनमा जोड दिनका लागि तत्कालिन जिल्ला कृषि विकास कार्यालय दाङ तथा कृषि उपज बजार संचालक समिति घोराहीको सहकार्यमा २०७२ सालमा बजार केन्द्रको एक स्टलमा आई. पि. एम तथा प्रांगारिक बिक्रि वितरण स्टल राखिएको थियो । जहाँ बिषादी नहालिएको तरकारी राख्ने योजना थियो । तर कृषकहरुले बिषादी नहालेको तरकारी उत्पादन गर्न नसक्दा स्टल संचालनमा समस्या भइ बिस्थापित गरिएको छ ।

‘जता पनि जुन पसलमा पनि विषदी राखएिको तरकारी मात्र छन्’ सब्जी मण्डीमा भेटिएका एक व्यक्तीले भने– ‘यो विष मिसाएको तरकारी खाएर पनि कति दिन बाँचीएला र ?’

कृषकहरुले भने विषादी नराखेमा तरकाीले राम्रो फल नदिने भएकाले केही मात्रामा विषदी मिसाउने गरेको बताउछन् । ‘के गर्ने औषधी नराख्ने हो भने राम्रोसँग फल्दै फल्दैन’  एक तरकारी किसानले भने– ‘त्यसैे अलिअलि त हाल्नैपर्छ । ’

उत्पादन कर्ताहरुमा जनचेतना र जागरुकको अभावमा समस्या भएको बजार संचालक समितिका अध्यक्ष गुलाम रसुलले बताउनुभयो । एक तथ्याङ्क अनुसार नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुने गरेको छ ।

बाली संरक्षण निर्देशनालयका अनुसार नेपालमा वार्षिक ५९ करोड बराबरको बिषादी खपत हुने गरेको छ । जसमध्य ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको हो । नेपालमा तरकारी बालीमा प्रयोग भएको विषको अवस्था एक हेक्टर बराबर प्रति वर्ष एक केजी छ सय पाँच ग्राम बिषादी प्रयोग गर्ने गरिएको जानकारी दिइएको छ । यो दर हरेक वर्ष बढ्दै गइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*