Home / Feature Breaking news / ग्वार खोलाको बाढीले बस बगाउदा १० जना घाइते

ग्वार खोलाको बाढीले बस बगाउदा १० जना घाइते

दाङ,२० साउन । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत ग्वारखोलामा आएको बाढिले आइतवार यात्रुवाहक बस बगाएको छ । धनगडीवाट दाङ आएको ना २ ख ८१३६ नम्वरको बस घोराहीवाट तुलसीपुर जाने क्रममा ग्वार खोलाले बगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घोराहीवाट तुलसीपुर आउने क्रममा बसलाई खोलाले बगाउदा १० जना घाइते भएका छन । घाइतेहरु मध्य गम्भीर ४ जनालाई कोहलपुर र बाँकी ६ जनाको राप्ती अञ्चलन अस्पताल तुलसीपुरमा उपचार भइरहेको समेत प्रहरी उपरिक्षक सापकोटाले जानकारी दिए ।

घाइतेहरुको अझै नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ । दिनभरको बर्षाका कारण आइतवार घोराही तुलसीपुरका विभिन्न खोलाहरुमा आएको बाढिका कारण दिनभर घोराही–तुलसीपुर सडक खण्डमा यातायातका साधनहरु चल्न सकेका थिएनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*