Home / Feature Breaking news / चार वर्षदेखि बेपत्ता नुरप्रसाद भेटिए

चार वर्षदेखि बेपत्ता नुरप्रसाद भेटिए

काठमाण्डौ,२० साउन । तत्कालीन माओवादीबाट हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई प्रहरीले सम्पर्कमा ल्याएको छ।

४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नुरप्रसादलाई आमा गंगामायाको आग्रहमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले खोजी गरी आइतबार सम्पर्कमा ल्याएको हो।

‘सानेपाको एउटा सानो कोठा (डेरा) बाट नुरप्रसादलाई हामीले ल्याएका हौं’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने,‘आमाको आग्रह र प्रहरीको सहजीकरणबाट उनको खोजी सफल भयो।’

आइतबार बिहान ११ बजे प्रहरीले डेराबाट नुरप्रसादलाई नियन्त्रणमा लिएको हो।

उनलाई अहिले महाशाखामै राखिएको छ।

अधिकारीको खोजी गर्न मानव अधिकार आयोगले पनि पहल गर्दै आएको थियो।

ुनुरप्रसादलाई महाशाखामै राखिएको छ। आमासँग भेटाउने कार्यक्रम छु उनले भने।

गंगामाया वीर अस्पतालमा उपचाररत छिन्। छोरा कृष्णप्रसादको हत्या गर्नेलाई कारबाहीको माग गर्दै अनसन बसेका बाबु नन्दप्रसादको निधन भइसक्यो भने आमा गंगामायाले पनि हालै अनसन तोडेकी थिइन्।

कृष्णप्रसादलाई २०६१ जेठ २४ मा माओवादीले अपहरणपछि हत्या गरेका थिए। अनसनकै क्रममा मृत्यु भएका नन्दप्रसादको शव टिचिङमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*