Home / समाचार / दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहको सरुवा, सिंहको ठाँउमा शर्मा आउदै

दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहको सरुवा, सिंहको ठाँउमा शर्मा आउदै

दाङ, १६ साउन

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । जस अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी उपरिक्षक दुर्गा सिंहको पनि सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा अनुसार महानगरिय प्रहरी कार्यालय ईन्टेलिजेन्स महाशाखा रानीपोखरी सरुवा भएको छ । उनको स्थानमा प्रहरी उपरिक्षक कृष्णहरि शर्मा पोखरेल आउनुहुने भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो ईन्टेलिजेन्स महाशाखाबाट सरुवा भएर पोखरेल दाङ आउन लाग्नुभएको हो ।

एक वर्षसम्म दाङ जिल्लाको प्रहरी प्रमुख भएर जिम्मेवारी सम्हाुभएका एसपी दुर्गा सिंहले अपराध नियन्त्रणमा विशेष भूमीका खेल्नुभएको छ । एक वर्षको समयमा भएका महत्वपूर्ण निर्वाचन सम्पन्न गर्नकालागि सुरक्षा क्षेत्रमा एसपी सिंहको महत्वपूर्ण भूमीका रहेको छ ।

उहाँको कार्यकालमा नै जिल्ला प्रहरी कार्यालय दाङको परिसरमा सिनियर प्रहरी अधिकृत(प्र.ना.उ..र प्र.नि) को निवासकालागि समुदायको सहयोगमा आठ कोठे दुईवटा भवन निर्माण गरिएको छ । यसका साथै ईप्रका भालुवाङको भवन पनि निर्माण गरिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका कार्यरत प्रहरी नावय उपरिक्षक रामप्रसाद घर्तिको पनि सरुवा भएको छ । सशस्त्र प्रहरी गण प्रदेश नम्बर ५ कोहलपुरमा सरुवा भएको छ । संघीय प्रहरी ईकाई कार्यालय राप्तीमा दरबन्दी रहेका घर्ति जिल्ला प्रहरी कार्यालय दाङका कार्यरत थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका दरबन्दी रहेका प्रहरी नावय उपरिक्षक भुवनेश्वर तिवारीको जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*