Home / मनोरञ्जन / लोकदोहोरी गीत प्रतिष्ठानले दाङमा तीज विशेष सांस्कृतिक महोत्सव गर्दै

लोकदोहोरी गीत प्रतिष्ठानले दाङमा तीज विशेष सांस्कृतिक महोत्सव गर्दै

दाङ, १५ साउन

दाङमा तीज विशेष सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । लोक दोहोरी गीत प्रतिष्ठान नेपालले अनाथ बालबालिकाहरुको सहयोगार्थ भदौ १५ गते देखि २७ गते सम्म तीज विशेष सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गर्ने बताएको छ ।

प्रतिष्ठानले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर तीज विशेष सांस्कृतिक महोत्सव २०७५ को बारेमा जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष प्रेम शर्माले घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा १३ दिन सम्म सञ्चालन हुने महोत्सबमा तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने जानकारी दिनुभयो ।

जसमा प्रथमलाई २०हजार, द्धतियलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरेको उहाँले बताउनुभयो । अनाथ बालबालिकाहरुको सहयोगार्थ सञ्चालन गर्न थालिएको महोत्सवबाट आउने निश्चित प्रतिशत सहयोग गर्ने आयोजकले बताएको छ ।

स्थानिय कलाकारहरुलाई प्रोत्साहन र प्राथमिकता दिदै केन्द्रीय कलाकारहरुको प्रस्तुति रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

महोत्सबमा प्रबेश गर्नका लागि ५० रुपैया र विद्यार्थीहरुको लागि ४० रुपैया निर्धारण गरिएको सचिव पोषणराज श्रेष्ठले बताउनुभयो । स्थानिय कला, संस्कृति र गीतसंगीतको संरक्षण र विकासका लागि महोत्सब सञ्चालन गर्न थालेको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*