Home / समाचार / प्रकाशमान सिंहले भनेः ‘कांग्रेस हात्ती हो, कम्युनिस्ट बोका हो’

प्रकाशमान सिंहले भनेः ‘कांग्रेस हात्ती हो, कम्युनिस्ट बोका हो’

काठमाडौं,  १५ साउन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् ।

मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकारको विरोधमा गरेको सभालाई संबोधन गर्दै उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे । ‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट बोका हो’ उनले भने ‘हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुन्न ।’

उनले सरकारले दुई तिहाई बहुमतको भरमा जथाभावी गर्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै बनाउन र विधिको शासन लागू गर्न र कर नबढाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था भएकाले एकजनाले राजीनामा दिनुपर्ने सिंहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*